Harsamaya
आजदेखि विराटनगरमा पालिकाका उपप्रमुखहरुको राष्ट्रिय  सम्मेलन
विराटनगरमा पालिकाका उपप्रमुख तथा उपाध्यक्षहरूको राष्ट्रिय सम्मेलन।

विराटनगर - आजदेखि विराटनगरमा पालिकाका उपप्रमुख तथा उपाध्यक्षहरूको राष्ट्रिय सम्मेलन हुँदै छ । भोलिसम्म सञ्चालन हुने सम्मेलनमा २९१ जना उपप्रमुख तथा उपाध्यक्षहरू सहभागी हुनेछन् ।

सम्मेलनमा ६ वटा महानगरका उपप्रमुख, ११ उपमहानगरका उपप्रमुख, कोशी प्रदेशका १३६, मधेश प्रदेशका ७३, बागमती प्रदेशका ४१ र बाँकी ५ वटा प्रदेशका केही पालिकाका जनप्रतिनिधिहरू सहभागी छन् ।

वीरेन्द्र सभागृहमा हुने सम्मेलनको उद्घाटन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गर्नेछिन् । सम्मेलनमा न्याय प्रणालीमा विवाद निरूपण गर्न न्यायिक समितिका संयोजक एवं पदाधिकारीहरूमा चाहिने ज्ञान, सीप तथा कार्य दक्षता सम्बन्धी काशीराज दाहालले कार्यपत्र प्रस्तुत गर्ने छन् ।

यसै गरी वित्तीय संघीयतालाई संस्थागत गर्न स्थानीय तहको भूमिका तथा प्रयास सम्बन्धी डा. गोपी खनालले र स्थानीय सरकार सञ्चालन र विकास प्रक्रियामा उपप्रमुख तथा उपाध्यक्षहरूको भूमिका सम्बन्धी रमेश अधिकारीले कार्यपत्र प्रस्तुत गर्नेछन्।

विराटनगर घोषणापत्र जारी गर्दै शनिबार सम्मेलन समापन हुनेछ।

प्रकाशित मिति: शुक्रबार, जेठ २३, २०८२  ०९:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update