अवरुद्ध भोजपुर-चखेवा सडक एकतर्फी सञ्चालनमा
आइतबार, वैशाख १३, २०८३
स्थानीय तहको पहलमा वैकल्पिक ट्रयाक खोलिएपछि हाल साना सवारीसाधन सञ्चालनमा आएका छन् । भोजपुर नगरपालिका-५ का वडाध्यक्ष फविन्द्र प्रधानका अनुसार तत्कालका लागि आपत्कालीन अवस्थालाई मध्यनजर गर्दै एकतर्फी रूपमा सवारी आवागमन सञ्चालन गरिएको हो । अवरुद्ध बनेको करिब २३ घण्टापछि यातायात सञ्चालनमा आएको हो ।
सुक्खा पहिरोका कारण कर्णाली करिडोरअन्तर्गत खच्चा सडक अवरुद्ध
शनिबार, वैशाख १२, २०८३
सडकमा सुक्खा पहिरो खसेको जानकारी प्राप्त हुनेबित्तिकै अस्थायी प्रहरी पोष्ट तुम्च, हुम्लाबाट प्रहरी सहायक निरीक्षक टेकराज पाण्डेयको कमाण्डमा चार जनाको प्रहरी टोली उक्त सडकखण्डमा खटिएको छ ।
कोरलानाका जोड्ने कागबेनी-छुसाङ सडक स्तरोन्नति गरिँदै
आइतबार, वैशाख ६, २०८३
नौ दशमलव आठ किलोमिटर रहेको उक्त खण्डको स्तरोन्नतिलाई तीव्रता दिइएको बेनी-जोमसोम-कोरला सडक आयोजनाले जनाएको छ । आयोजना कार्यालयले मुस्ताङको थासाङ-४ घाँसाबाट कोरला नाका र मुक्तिनाथ जोड्ने गरी कागबेनीसम्मको करिब ९८ प्रतिशत सडक कालोपत्र सम्पन्न गरिसकेको छ ।
अरनिको राजमार्गः धुलिखेल–खावा सडकमा कालोपत्र सुरु
आइतबार, चैत २२, २०८२
उक्त खडकखण्डको बाँकी एक दशमलब पाँच किलोमिटर दोस्रो चरणमा कालोपत्र गरिने छ । ग्राभेलमाथि २० सेन्टीमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस हाल्ने तथा दुई चरणको कालोपत्र डिबिएम र अस्फाल कालोपत्र गर्ने काम हुने जनाइएको छ । लामो समयसम्म निर्माण व्यवसायीको लापरबाहीका कारण रोकिएको विस्तार कार्यका लागि नयाँ निर्माण कम्पनीसँग गत कात्तिकमा...
मलेखु-मुग्लिन सडक आजदेखि राति छ घण्टा बन्द हुने
सोमबार, चैत १६, २०८२
पटक-पटक सवारी रोक्दा यात्रुहरूले सास्ती भोग्नुपरेको अवस्थालाई मध्यनजर गर्दै राति १०ः०० बजेदेखि बिहान ४ः०० बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले जानकारी दिए।
हिमपातले अवरुद्ध बनेका दशरथचन्द र जयपृथ्वी राजमार्ग सञ्चालन
शनिबार, माघ १०, २०८२
राजमार्गमा जमेको हिउँ यहाँस्थित सडक डिभिजन कार्यालयको जेसिबीले पन्छाएपछि सञ्चालनमा आएका हुन् । राजमार्ग सञ्चालन भएसँगै गएरातिदेखि बीचबाटोमा अलपत्र परेका यात्रु तथा सवारीसाधन आ–आफ्नो गन्तव्यतर्फ लागेका जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए। उनका अनुसार राजमार्ग सञ्चालन भए पनि विद्युत् सेवा भने अझै सञ्चालन हुन...
इनरुवा-कप्ताङगञ्ज सडक निर्माणको ठेक्का तोडियो
मंगलबार, मंसिर १६, २०८२
सडक विभाग मातहतको हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय इटहरीले मंगलबार सडक निर्माणका लागि गौरीपार्वती-देव एण्ड सायर-भूमि संयुक्त उपक्रम (जेभी), विराटनगरसँगको ठेक्का सम्झौता अन्त्य गरिएको सार्वजनिक सूचना जारी गरेको छ ।
२५० भन्दा बढी सडकको ठेक्का तोड्ने प्रक्रियामा छ: मन्त्री घिसिङ
बुधबार, मंसिर ३, २०८२
ऊर्जा, भौतिक पूर्वाधार र सहरी विकास मन्त्री कुलमान घिसिङले तोकिएको समयमा सडक निर्माण हुन नसकेका २५० भन्दा बढी ठेक्का तोड्ने प्रक्रियामा रहेको बताएका छन् ।
गोरुसिङ्गे-सन्धिखर्क सडक दैनिक छ घण्टा बन्द हुने
मंगलबार, कात्तिक २५, २०८२
सडक मर्मत तथा स्तरोन्नतिको लागि गोरुसिङ्गे सन्धिखर्क सडक दैनिक छ घण्टा बन्द हुने भएको छ ।
मुग्लिन-नारायणगढ सडकखण्डः पहिरो हट्यो‚ दुईतर्फी सवारीसाधन सञ्चालन
बिहीबार, कात्तिक २०, २०८२
मुग्लिन–नारायणगढ सडकखण्डमा झरेको सुक्खा पहिरो हटाइएको छ ।
बाढीपहिरोबाट क्षति पुगेका सडकको पुनर्निर्माण गर्न १२ अर्ब ३८ करोड लाग्ने अनुमान
बुधबार, असोज २२, २०८२
त्यस्तै, क्षति पुगेका १७ वटा स्थायी पुल पुनर्निर्माणमा चार अर्ब ५२ करोड रुपैयाँ लाग्ने अनुमान छ ।
वर्षाले कर्णालीका अधिकांश सडक अवरुद्ध
बिहीबार, चैत २८, २०८१
सडक अवरुद्ध भएपछि अहिले छिन्चु जाजरकोट सडक खण्डमा चल्ने सबै सवारी साधन सडकमै रोकिएका छन् भने यात्रु समेत प्रभावित भएका छन् । कतिपय नजिकका यात्रुहरु हिँडेर आउजाउ गर्न बाध्य भएका छन् ।
साताको लोकप्रिय

