Harsamaya
मन्थलीको पाखाबारीमा लरी दुर्घटना, चालक घाइते
मन्थलीको पाखाबारीमा लरी दुर्घटना, चालक घाइते उक्त लरी सुनकोशी मरिण डाइभर्सन आयोजनाको बाँधस्थलमा रहेको प्लान्टका लागि सिमेन्ट बोकेर सेल घाटतर्फ जाँदै गर्दा दुर्घटनामा परेको हो । दुर्घटनामा परेको लरी पटेल रमण कन्स्ट्रक्सनको भएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सुनसान बन्दै रामेछापको ऐतिहासिक साँघु टार बजार 
सुनसान बन्दै रामेछापको ऐतिहासिक साँघु टार बजार  साँघु टार बजार आफैमा ऐतिहासिक बजार हो । एक सय वर्ष अघि बसेको यो बजारमा ढुङ्गा माटोले बनेका एकै खालका अग्ला अग्ला घर छन् । ढुङ्गा माटाले बनेका पुराना चार तले घरमा अहिले बाहिरबाट सिमेन्ट पोतिएको छ । बजारमा बिस्तारै सिमेन्टका नयाँ घर बन्ने क्रम सुरु भएको छ ।
रामेछापमा स्कारपियो दुर्घटना, श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर घाइते
रामेछापमा स्कारपियो दुर्घटना, श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर घाइते दुर्घटनामा मन्थली नगरपालिका–१ मन्थलीकी अन्दाजी ४० बर्षीया राधा कार्की चौहानको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक कौशल न्यौपानेले जानकारी दिए। 
बाढीले क्षति पुर्‍याएको भटौली खोलाको पुल मर्मतपछि सडक सञ्चालनमा
बाढीले क्षति पुर्‍याएको भटौली खोलाको पुल मर्मतपछि सडक सञ्चालनमा खाँडादेवी गाउँपालिका–४ का वडाध्यक्ष कृष्णप्रसाद पौडेलका अनुसार सो पुलबाट अब सबै खालका यातायात सञ्चालनमा आएका छन्। ‘ठुलो पानी परेमा फेरि पनि समस्या आउन सक्छ, अहिलेलाई भने यातायात सञ्चालन हुन लागेका छन्’ उनले भने ।
एक वर्षसम्म पनि  अँधेरी खोलाले बगाएको पुल नबन्दा सर्वसाधारण जोखिममा
एक वर्षसम्म पनि अँधेरी खोलाले बगाएको पुल नबन्दा सर्वसाधारण जोखिममा पुल बगाएको एक वर्षमा पनि निर्माण भएको छैन भने  अन्य कुनै वैकल्पिक व्यवस्था समेत नहुँदा स्थानीयलाई आवागमनमा समस्या भएको छ ।
रामेछाप नगरपालिकाको सार्वजनिक सुनुवाइ : नागरिकले उठाए विभिन्न प्रश्न
रामेछाप नगरपालिकाको सार्वजनिक सुनुवाइ : नागरिकले उठाए विभिन्न प्रश्न यस्तै पशुपालन, गेडागुडी उत्पादन लगायतका कृषिका क्षेत्र विकासको लागि योजनाबद्ध रूपमा काम गरिरहेको उनले जानकारी दिए । विरोध गरेर भन्दा पनि सबैले मिलेर विकास गर्न सकिने भन्दै उनले विकासमा सहकार्य गर्न आग्रह गरे ।
रामेछापमा सरकारी कार्यालयहरूको सार्वजनिक सुनुवाइ
रामेछापमा सरकारी कार्यालयहरूको सार्वजनिक सुनुवाइ कार्यक्रममा जिल्लाका ३० भन्दा बढी सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूले चालु आर्थिक वर्षको हालसम्मको प्रगति, बजेट खर्च, सेवा प्रवाह र योजनाको कार्यान्वयन अवस्थाबारे जानकारी दिएका थिए।
रामेछापमा सुरु भयो तीन जिल्लाका भलिबल प्रशिक्षकहरूको आधारभूत तालिम
रामेछापमा सुरु भयो तीन जिल्लाका भलिबल प्रशिक्षकहरूको आधारभूत तालिम जिल्ला खेलकुद विकास समिति रामेछापको आयोजनामा सञ्चालित तालिममा जम्मा ३३ जना प्रशिक्षार्थी सहभागी छन् । प्रशिक्षकहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्नुका साथै स्थानीय तहमा खेलकुदको पहुँच विस्तार गर्ने उद्देश्यसहित तालिम सञ्चालन गरिएको आयोजकले जानकारी दिएको छ ।
खाँडादेवी गाउँपालिकाले ल्यायो  बजेट, उत्पादनमुखी र दिगो विकासमा प्रतिबद्धता
खाँडादेवी गाउँपालिकाले ल्यायो  बजेट, उत्पादनमुखी र दिगो विकासमा प्रतिबद्धता नीति तथा कार्यक्रममा उत्पादनमा आधारित अनुदान प्रणाली लागू गर्ने, विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकतामा राख्दै एकीकृत बस्ती निर्माण गर्ने, र सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रमसहित उत्कृष्ट शिक्षक र विद्यार्थीलाई प्रोत्साहन दिने कार्यक्रम समावेश छन्।
रामेछापमा भिनाजुले गरे सालोको हत्या
रामेछापमा भिनाजुले गरे सालोको हत्या घटनापछि भागेका विनोदलाई सोही राति ११ बजेतिर रामेछाप नगरपालिका–५ रामपुर कोलञ्जोरघाटबाट पक्राउ गरिएको न्यौपानेले जानकारी दिए । 
उमाकुण्ड गाउँपालिकामा उँभौली पर्व मनाइँदै, दुई दिन सार्वजनिक बिदा 
उमाकुण्ड गाउँपालिकामा उँभौली पर्व मनाइँदै, दुई दिन सार्वजनिक बिदा  गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जितबहादुर श्रेष्ठले आइतबार एक सूचना प्रकाशन गरी उमाकुण्ड गाउँपालिकामा किराँत लगायत अन्य समुदायले मनाउने उँभौली पर्व (स्याँदर पिदार) को अवसरमा वैशाख ३० र ३१ गते दुई दिन स्थानीय पर्व बिदा दिएको जानकारी गराएका छन् । 
क्यान्सर पीडित बालिकाको उपचारका लागि प्रहरीले गर्‍यो आर्थिक सहयोग
क्यान्सर पीडित बालिकाको उपचारका लागि प्रहरीले गर्‍यो आर्थिक सहयोग बालिकाको काठमाडौँस्थित कान्ति बाल अस्पतालमा उपचार भइरहेको छ । आफूसँग भएको रकम छोरीको उपचारमा सकेपछि थप उपचारको लागि आर्थिक सहयोगको अनुरोध गरिएको सुमनले बताए । 
Weather Update