Harsamaya
चौथो इन्द्रावती अध्यक्ष कपको उपाधि वडा नम्बर ९ लाई
चौथो इन्द्रावती अध्यक्ष कपको उपाधि वडा नम्बर ९ लाई खेलको दोस्रो हाफपछि इन्द्रावती ९ का जर्सी नम्बर ८ का खेलाडी सुशील तामाङ छ्युमीले एक गोल गर्दै वडालाई अग्रता दिलाए । उनले नै गरेको गोल उपाधि चुम्न निर्णायक बन्न पुग्यो।
आइसिसी क्रिकेट विश्वकप लिग–२ का लागि नेपाली राष्ट्रिय टोली घोषणा
आइसिसी क्रिकेट विश्वकप लिग–२ का लागि नेपाली राष्ट्रिय टोली घोषणा त्रिदेशीय एक दिवसीय शृङ्खलाका लागि रोहित पौडेलको कप्तान पद यथावत् छ भने उपकप्तान जिम्मेवारीमा पनि दीपेन्द्र सिंह ऐरी निरन्तर छन् । अन्य खेलाडीमा आसिफ सेख, कुशल भुर्तेल, अनिलकुमार साह, भीम सार्की, आरिफ सेख, बसिर अहमद, गुलसन झा, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, ललितनारायण राजवंशी, नन्दन यादव र रिजन ढकाल...
इन्द्रावती अध्यक्ष कप : ५ खेल हुँदा वडा नम्बर १० फाइनलमा, ११ को एकै दिन दर्जन गोल
इन्द्रावती अध्यक्ष कप : ५ खेल हुँदा वडा नम्बर १० फाइनलमा, ११ को एकै दिन दर्जन गोल दोस्रो खेलमा वडा ९ ले वडा ३ लाई ३–१ गोलअन्तरले पराजित गर्‍यो। खेलभरि वडा ९ को रणनीति र बल नियन्त्रण प्रशंसनीय रह्यो।
 इन्द्रावती अध्यक्ष कप: पहिलो दिन वडा ४,५ र १० विजयी
 इन्द्रावती अध्यक्ष कप: पहिलो दिन वडा ४,५ र १० विजयी प्रतियोगिताको पहिलो खेलमा इन्द्रावती–१० ले इन्द्रावती–१ लाई १–० गोल अन्तरले पराजित गर्दै सुखद सुरुआत गर्‍यो। निर्धारित समयमै निर्णायक गोल गर्दै वडा १० ले पहिलो जित दर्ता गर्‍यो। खेलको म्यान अफ द म्याच विमल मोक्तान घोषित भए।
रुपेश जैसवालले कोप चेस उपाधि जिते
रुपेश जैसवालले कोप चेस उपाधि जिते राष्ट्रिय सहकारी महासंघको आयोजनामा सञ्चालन भएको दोश्रो खुल्ला कोप रापिड रेटिङ चेस  प्रतियोगिताको उपाधि नेपाल च्याम्पियन एफएम रूपेश जैसवालले जितेका छन् ।
आईपीएल : पञ्जाब र मुम्बईको निर्णायक खेल आइतबार अहमदाबादमा हुने
आईपीएल : पञ्जाब र मुम्बईको निर्णायक खेल आइतबार अहमदाबादमा हुने आईपीएलको शीर्ष चार स्थानमा रहनका लागि ५ टोलीका बिचमा तीव्र प्रतिस्पर्धा भइरहेको छ । गुजरात टाइटन, मुम्बई इन्डियन, पन्जाब किङ्स, रोयल च्यालेन्जर बंगलोरु र दिल्ली क्यापिटल यो प्रतिस्पर्धामा छन् ।
इन्द्रावती अध्यक्ष कप भोलिदेखि, अनुशासन उल्लंघन गरेमा कडा कारबाही गरिने 
इन्द्रावती अध्यक्ष कप भोलिदेखि, अनुशासन उल्लंघन गरेमा कडा कारबाही गरिने  प्रतियोगितामा अनुशासन उल्लंघन गर्ने खेलाडीहरूलाई जिल्ला तथा पालिकास्तरीय खेलहरूमा प्रतिबन्ध गर्ने निर्णय गरिएको छ। प्रतियोगिताका संयोजक तथा वडा नं. ५ का वडाध्यक्ष शशिनाथ आचार्यले खेलमा अनुशासन कायम राख्न विशेष निगरानी गरिने जानकारी दिएका छन्।
रोहित शर्माले गरे टेस्ट क्रिकेटबाट सन्यासको घोषणा 
रोहित शर्माले गरे टेस्ट क्रिकेटबाट सन्यासको घोषणा  रोहितले २०२४ को टी-२० विश्वकप जितेपछि टी-२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए । रोहितले टेस्ट क्रिकेटमा ६७ टेस्ट म्याचको ११६ इनिङमा ४०.५७ को औसतमा ४३०१ रन बनाएका छन् । जसमा १२ शतक र १८ अर्धशतक समावेश छन्।
दुई वर्षपछि इन्द्रावती अध्यक्ष कप फुटबल हुँदै, सुरक्षाका लागि सशस्त्र प्रहरी खटाइने
दुई वर्षपछि इन्द्रावती अध्यक्ष कप फुटबल हुँदै, सुरक्षाका लागि सशस्त्र प्रहरी खटाइने विगतमा प्रतियोगिता विवादित बनेको स्मरण गर्दै यसपालि सुरक्षा व्यवस्था कडा पार्ने तयारी गरिएको छ। त्यसैअनुसार गाउँपालिकाले सशस्त्र प्रहरी बललाई सुरक्षाको जिम्मा दिन मेलम्ची मा रहेको सशस्त्र प्रहरी बललाई पत्राचार गरिसकेको इन्द्रावती गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष एवम् खेलकुद संयोजक शशिनाथ आचार्यले बताए । प्रतियोगितामा ११ ओटा वडा ले सहभागिता...
असार अन्तिम साता गण्डकी कप महिला फुटबल हुने
असार अन्तिम साता गण्डकी कप महिला फुटबल हुने उक्त प्रतियोगितामा कुल ८ टिमको सहभागिता गराउने संघका महासचिव विनोद गुरुङले जानकारी दिए । उनका अनुसार विभागीय क्लब त्रिभुवन आर्मी र एपिएफ क्लबले सहभागिता जनाउने भइसकेका छन् । 
कीर्तिपुर क्रिकेट रंगशाला निर्माणमा ढिलाइबारे प्रधानमन्त्रीको गम्भीर चासो
कीर्तिपुर क्रिकेट रंगशाला निर्माणमा ढिलाइबारे प्रधानमन्त्रीको गम्भीर चासो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा शहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, उक्त निर्माण कार्यको कार्यान्वयन निकाय सङ्घीय सचिवालय तथा व्यवस्थापन कार्यालयका प्रमुख चक्रवर्ती कंससहित संलग्न निर्माण व्यवसायीसँग प्रधानमन्त्री ओलीले काम सुरु भए पनि तोकिएको समयमा काम सम्पन्न हुन नसक्ने स्थितिप्रति गम्भीर चिन्ता व्यक्त गरेका हुन् । 
साफ यू–१९ फुटबल प्रतियोगिता:राष्ट्रिय यू–१९ पुरुष टोलीलाई बिदाई
साफ यू–१९ फुटबल प्रतियोगिता:राष्ट्रिय यू–१९ पुरुष टोलीलाई बिदाई ६ टिम सहभागी यस प्रतियोगितालाई २ समूहमा विभाजन गरी खेलाइने छ । नेपालले समूह ‘बी’ मा रहेर प्रतियोगिता खेल्नेछ । समूह ‘बी’मा नेपालसहित भारत र श्रीलंका रहेका छन् । समूह ‘ए’ मा भने माल्दिभ्स, भुटान र बंगलादेश रहेको छ । 
Weather Update