Harsamaya
एसीसी यु–१६ इस्ट जोन कपको उपाधि जितेको नेपाली टोली स्वदेश फिर्ता
एसीसी यु–१६ इस्ट जोन कपको उपाधि जितेको नेपाली टोली स्वदेश फिर्ता ।

काठमाडौं  - एसीसी यु–१६ पुरुष इस्ट जोन कपको उपाधि जितेको नेपाली टोली स्वदेश फर्किएको छ ।आइतबार राती उनीहरू काठमाडौं आइपुगेका हुन् । उनीहरूलाई क्यानका सचिव पारस खड्का लगायतले विमानस्थलमा स्वागत गरेका थिए ।

सिंगापुरमाथि २ विकेटको जित निकाल्दै नेपाल च्याम्पियन बनेको थियो । नेपालले गत संस्करण भने मलेसियालाई हराउँदै उपाधि जितेको थियो। नेपालले उपाधिसँगै व्यक्तिगत अवार्डमा पनि क्लिनस्विप गरेको थियो।

रौनक श्रीवास्तव प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी उत्कृष्ट ब्याटर चुनिएका थिए।

प्रकाशित मिति: सोमबार, असार २३, २०८२  ०७:४७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update