बबरमहलमा रहेका सरकारी कार्यालय डुबानमा
बुधबार, माघ ३०, २०८१
काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्व अधिकारीले काठमाडौं जिल्ला अदालत अगाडि पाइप फुटेर सरकारी कार्यालयहरू डुबानमा परेको जानकारी दिए ।
सुनको मूल्य तोलामा दुई हजार सात सयले घट्यो
बुधबार, माघ ३०, २०८१
मङ्गलबार प्रतितोला सुन एक लाख ७० हजार २०० मा कारोबार भएकामा आज सोही परिमाणको सुनको मूल्य एक लाख ६७ हजार ५०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
रौतहटमा विद्युत सर्ट भएर वर्कशपमा आगलागी, ७ लाखको क्षति
बुधबार, माघ ३०, २०८१
आगलागी भएको खबर पाएपछि गएको प्रहरी टोली र स्थानीयले आगलागी नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ।
माघ शुक्ल पूर्णिमा : स्वस्थानी व्रत समापन गरिँदै
बुधबार, माघ ३०, २०८१
सुवर्ण वर्णकी, त्रिनेत्रधारी, प्रसन्न मुद्रा भएकी, कमल र सिंहासनमा बसेकी, चार हात भएकी देवीलाई स्वस्थानी देवी भनिन्छ । स्वस्थानीको चार हातमध्ये पहिलो हातमा नीलकमल, दोस्रो हातमा खड्ग, तेस्रो हातमा ढाल र चौथो हातमा वरदमुद्रा लिएकी देवी स्वस्थानी हुन् भनी व्रतकथामा उल्लेख गरिएको छ ।
गाउँघरमा परम्परागत टपरी हराउँदै
बुधबार, माघ ३०, २०८१
उदयपुरको ग्रामिण भेगमा थारु समुदायले विवाह, भोज, भतेरलगायतमा अनिवार्य रुपमा प्रयोग गरिने भर्लाको पातको टपरी प्रयोग गर्ने चलन हराउँदै गएको छ । हिजो आज कृत्रिम टपरी प्रयोग हुन थालेपछि परम्परागत टपरी हराउँदै जान थालेको हो ।
रोल्पामा अटो दुर्घटनामा एक जनाको मृत्यु
मंगलबार, माघ २९, २०८१
रोल्पामा अटो दुर्घटना हुँदा वृद्धको ज्यान गएको छ।
आठ लाखमा बनेको शौचालय एक वर्षमै बन्द
मंगलबार, माघ २९, २०८१
आठ लाख खर्च गरेर बनाएको शौचालय एक वर्षमै बन्द भएको छ । काठमाडौं वडा नम्बर २९ सेतोपुलको मुखैमा बनेको शौचालय प्रयोग भएको एक वर्ष पनि नभइ बन्द भएको हो ।
गायिका एलिना चौहानले गरिन् सम्बन्धबिच्छेद
मंगलबार, माघ २९, २०८१
अदालतमा विष्णु सापकोटाका बुबा वारेसको रूपमा उपस्थित भएका थिए । माघ दोस्रो साता चौहानले सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी थिइन् । यो जानकारी स्वयं गायिका चौहानले सामाजिक सञ्जालमार्फत दिएकी हुन् ।
उपसभामुखले कांग्रेस सांसद खतिवडालाई बोल्न दिएपछि संसदमा विरोध
मंगलबार, माघ २९, २०८१
तर विपक्षी दलले उठेर विरोध जनाएपछि सभामुखको आसनमा देवराज घिमिरे आएका थिए । उनले यस विषयमा सचिवालयले आवश्यक छलफल गर्ने भन्दै बस्न आग्रह गरेका थिए । तर विपक्षी दलले उठेर निरन्तर विरोध जनाएपछि सभामुख घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरे ।
शान्दार मम घटना: आगलागीमा घाइते भएका दुई जनाको मृत्यु
मंगलबार, माघ २९, २०८१
कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा राईको गएराति र घलेको आज बिहान मृत्यु भएको नले बताइन् । उनीहरूको शरीर ५० प्रतिशत जलेको थियो ।
पशुपतिनाथको अद्भुत छाया दर्शन: वर्षको एक मात्र दुर्लभ अवसर!
मंगलबार, माघ २९, २०८१
हिउँद घट्दै जाँदा उत्तरायण सुरू भएको संकेतसँगै पशुपतिनाथ मन्दिरमा एक विशेष धार्मिक घटना सम्पन्न हुँदैछ— शिवलिङ्गको छाया दर्शन।
सेवाग्राही विदेशिएपछि पन्ध्र हजार परिचयपत्र थन्कियो
मंगलबार, माघ २९, २०८१
सेवाग्राही परिचयपत्र लिन नआएपछि जिल्ला प्रशासन कार्यालय बागलुङमा १५ हजार आठ सय ३८ राष्ट्रिय परिचयपत्र थन्किएका छन् । राष्ट्रिय परिचयपत्रको फारम भरेर अधिकांश व्यक्ति विदेशिएका कारण परिचयपत्र लिन नआएको कार्यालयका प्रशासन शाखा प्रमुख रामप्रसाद उपाध्यायले जानकारी दिए ।
नुवाकोटमा माइक्रो र मोटरसाइकल ठोक्किदा एकको मृत्यु
सोमबार, माघ २८, २०८१
दुर्घटनामा मोटरसाईकल चालक रसुवा उत्तरगया गाउँपालिका वडा नं. ५ बस्ने वर्ष २५ का प्रमोद थापा र मोटरसाइकल पछाडी सवार सोही स्थानका वर्ष ३८ का पुरूषोत्तम लामिछाने घाइते भएका छन् । घाइते लामिछानेको चिरायु अस्पताल बसुन्घरामा उपचारको क्रममा मृत्यु भएको हो ।
साताको लोकप्रिय

