Harsamaya
नेपाल कृषि प्रधान देश भएतापनि कृषिमै आत्मनिर्भर हुन नसक्नु दुखद् : सांसद साउद
नेपाल कृषि प्रधान देश भएतापनि कृषिमै आत्मनिर्भर हुन नसक्नु दुखद् : सांसद साउद ‘महाकाली करिडोरको लागि हरेक वर्ष बजेट आउँछ त्यो कोरिडोर महेन्द्रनगर देखि तिब्बतको तिङ्करसम्म फैलिएको छ त्यसलाई छोटो, छरितो र समयमा सम्पन्न गर्न सके उत्तर दक्षिणका बीचमा व्यापारिक रुपमा पनि फाइदा दिन सक्दछ,’उनले भने । 
सरकारको तर्फबाट मिडियामाथि कुनै दबाब, निर्देशन र नियन्त्रण हुँदैन - प्रधानमन्त्री ओली
सरकारको तर्फबाट मिडियामाथि कुनै दबाब, निर्देशन र नियन्त्रण हुँदैन - प्रधानमन्त्री ओली बुधबार काठमाडौंमा आयोजित गोरखापत्र प्रकाशनको १२५औं वर्ष प्रवेश तथा संस्थानको ६३औं वार्षिकोत्सव समारोहमा उनले ३०, ३५ वर्ष अगाडिसम्म मिडियाहरूलाई मनमा लागेको कुरा लेख्ने स्वतन्त्रता नभएको भन्दै अहिले प्रधानमन्त्री र सरकारबाट कुनै प्रकारको दबाब, निर्देशन, नियन्त्रण नभएको बताए । 
एमाले र कांग्रेसलाई चलाएर फुटाउन सकिन्छ कि भन्ने सपना नदेखे हुन्छ : कैलाश ढुङ्गेल 
एमाले र कांग्रेसलाई चलाएर फुटाउन सकिन्छ कि भन्ने सपना नदेखे हुन्छ : कैलाश ढुङ्गेल  अहिले २०६२÷०६३ को आन्दोलनले समाप्त गरिसकेको राजतन्त्रको पक्षमा केही शक्ति सलबलाएका बताउँदै ढुङ्गेलले उनीहरूको अभीष्ट पुरा नहुने बताए । ‘नागरिकलाई सरकार र व्यवस्थाको विरुद्ध भड्काउन सकिन्छ कि भनेर केही शक्ति लागेका छन्, यसलाई बुझेर नै सरकार अघि बढेको छ, लोकतन्त्र, न्याय र समाजवादको बाटोमा जाने दुईवटा दलको अभियान सानोतिनो भूकम्पले...
प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति तुरुन्त सार्वजनिक गर्न प्रकाश ज्वालाको माग
प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति तुरुन्त सार्वजनिक गर्न प्रकाश ज्वालाको माग उनले भने, ‘यतिबेला देशमा अनियमितता बेथिति र कुशासन व्याप्त छ  । सरकारी कार्यालयहरूमा ढिलासुस्ती र खुलेआम रूपमा घूसखोरी छ । दैनिक उपभोग्य वस्तु र सिमेन्टमा पटक पटक मूल्य वृद्धि गरेर जनताको ढाड सेक्ने काम भएको छ । अर्कोतिर प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति गोप्य राखेर कस्तो पारदर्शिता पढाउन खोजेको हो ?...
अर्थतन्त्रको ऐनामा कुरूप कमिसन खोरको अनुहार देखिएको छ : सांसद कार्की (भिडियोसहित)
अर्थतन्त्रको ऐनामा कुरूप कमिसन खोरको अनुहार देखिएको छ : सांसद कार्की (भिडियोसहित) बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आईपिओहरुको निष्कासन गर्नको लागि उनले  ५ देखि ७ प्रतिशतसम्म कमिसन माग गरेको कुरा बाहिर आएको भन्दै कारबाहीको माग गरेकी हुन् । 
गभर्नर नियुक्तिमा भइरहेको ढिलाइमा ओलीको दोष छैन :सभापति देउवा
गभर्नर नियुक्तिमा भइरहेको ढिलाइमा ओलीको दोष छैन :सभापति देउवा साथै उनले वर्तमान गठबन्धन सरकारले आर्थिक विकासलाई अझ प्राथमिकता दिन जरुरी रहेको बताए । उनले शिक्षा, स्वास्थ्य, सडक यातायात, सिँचाई, खानेपानी, विद्युत, बुकिङ लगायतका क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गठबन्धन सरकारले गरेको उल्लेख गरे ।
एमाले धनुषा अधिवेशनमा ढुंगा हानाहान, अवस्था तनावग्रस्त
एमाले धनुषा अधिवेशनमा ढुंगा हानाहान, अवस्था तनावग्रस्त गत २० वैशाखदेखि सुरु भएको अधिवेशनमा सर्वसम्मतको प्रयास असफल भएपछि निर्वाचन प्रक्रिया अगाडि बढाइने निर्णय भएको थियो ।
राजावादीको आन्दोलनमा गएर ज्यान गुमाउनेलाई सहिद घोषणा गर्न सकिँदैन : मन्त्री गुरुङ
राजावादीको आन्दोलनमा गएर ज्यान गुमाउनेलाई सहिद घोषणा गर्न सकिँदैन : मन्त्री गुरुङ साथै उनले,पहिले आन्दोलनमा मरेका सबैलाई ज्ञानेन्द्रले सहिद घोषणा गरेका थिए भने प्रश्न पनि गरे । ज्ञानेन्द्रको शासन आएमात्र सहिद घोषणा गर्ने तर वर्तमान सरकारले तीनकुने घट्नामा ज्यान गुमाएकालाई कुनै हालतमा नगर्ने स्पष्ट पारे ।
एमाले धनुषा अधिवेशनमा मतदाता नामावलीको विवादले स्थिति तनावपूर्ण
एमाले धनुषा अधिवेशनमा मतदाता नामावलीको विवादले स्थिति तनावपूर्ण अध्यक्ष पदमा भोला यादव र लक्ष्मी नारायण यादवले उम्मेदवारी दिएका छन् । सोमबार राति मनोनयन दर्ता भइसकेको थियो तर अन्तिम नामावलीमा नाम थपघट भएको भन्दै असन्तुष्टि चुलिएको हो । उपाध्यक्ष, सचिव, उपसचिव र महिला उपसचिव पदमा पनि प्रतिस्पर्धा हुँदैछ । अधिवेशनबाट पाँच पदाधिकारीसहित १३५ सदस्यीय जिल्ला कमिटी चयन गरिनेछ ।
सरकारको नीति तथा कार्यक्रममा पुरानै कपीपेष्ट : देवेन्द्र पौडेल
सरकारको नीति तथा कार्यक्रममा पुरानै कपीपेष्ट : देवेन्द्र पौडेल प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले आर्थिक वर्ष २०८२/८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रमले देशको समग्र विकासलाई समेट्न नसकेको बताएका हुन् ।
कोशी प्रदेशमा गणतन्त्र दिवस तीन दिन मनाइने 
कोशी प्रदेशमा गणतन्त्र दिवस तीन दिन मनाइने  उनले भने,‘दिवसलाई दिवसका रूपमा मात्र होइन यसलाई सबैले अपनत्व गरी मनाउनुपर्छ । गणतन्त्रलाई बलियो र संस्थागत बनाउनका लागि यो दिवस भव्य रूपमा मनाउ ।’
सरकार सेटिङ र भागबण्डामा निर्णय गर्ने प्रवृत्तिमा रमाइरहेको छ : सांसद वाग्ले
सरकार सेटिङ र भागबण्डामा निर्णय गर्ने प्रवृत्तिमा रमाइरहेको छ : सांसद वाग्ले उनले भने,‘सरकार सानो एउटा राष्ट्र बैंकको नियुक्तिमा पनि दुई महिनादेखि अल्झिरहेको छ । माथि सेटिङ गरेर अनि समिति बसाइन्छ, अनि एउटा रबर स्ट्याम्प नियुक्ति हुने होला । त्यसमा पनि गिजोलिने जस्तो देखिन्छ । सरकार सेटिङ र भागबण्डाको आधारमा निर्णय गर्ने प्रवृत्तिमा रमाइरहेको छ ।’
Weather Update