सिन्हा, मिश्र र खरेल मन्त्रीमा सिफारिस

काठमाडौं - प्रधानमन्त्री सुशीला कार्कीले तीन जना मन्त्री सिफारिस गरेकी छिन् । कार्कीले सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, संगीता मिश्र र जगदीश खरेललाई मन्त्री सिफारिस गरेकी हुन् ।
सिन्हालाई भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिइएको छ । त्यस्तै अतिरिक्त स्वास्थ्य सचिव डा. संगीता कौशल मिश्र स्वास्थ्यमन्त्रीमा सिफारिस भएकी छिन् । उनले आइतबार पदबाट राजीनामा दिएकी थिइन् ।
यस्तै सञ्चार तथा प्रविधिमन्त्रीमा जगदीश खरेल सिफारिस भएका छन् । उनी इमेज टेलिभिजनका समाचार प्रमुख थिए ।
प्रकाशित मिति: आइतबार, असोज ५, २०८२ २०:४७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय