Harsamaya
प्रधानमन्त्री ओलीले लिए अर्थमन्त्री मेयर आचार्यको स्वास्थ्य अवस्थाको जानकारी
प्रधानमन्त्री ओलीले लिए अर्थमन्त्री मेयर आचार्यको स्वास्थ्य अवस्थाको जानकारी मन्त्री पौडेल र मेयर आचार्यलाई भेट्न आज राष्ट्रपति रामचन्द्र पौडेल र प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे पनि पुगेका थिए । अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।
१३ लाख किशोरीलाई लगाइयो एचपिभी खोप
१३ लाख किशोरीलाई लगाइयो एचपिभी खोप अभियानको १२औँ दिन शनिबारसम्म १३ लाख किशोरीले खोप लिएका स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखा प्रमुख डा विवेककुमार लालले जानकारी दिए ।
शान्दार मम घटना : मृत्यु हुनेको संख्या ४ पुग्यो
शान्दार मम घटना : मृत्यु हुनेको संख्या ४ पुग्यो कमलपोखरीस्थित सानदार म:म पसलमा माघ २३ गते आगलागी हुँदा घाइते भएका थप एक जनाको मृत्यु भएको छ।
झापामा क्षयरोगका ६१६ जना नयाँ बिरामी फेला
झापामा क्षयरोगका ६१६ जना नयाँ बिरामी फेला चालु आर्थिक वर्ष छ महिनाको अवधिमा खकारमा कीटाणु देखिएका ३७४, छातीको एक्स–रेबाट पत्ता लागेका ८९ र फोक्सोमा बाहेक अन्य अङ्गमा क्षयरोग देखिएका १५१ नयाँ बिरामी फेला परेको उनले बताए। क्षयरोग पुनः दोहोरिएका ४४ बिरामीसमेत फेला परेको उनले बताए।
यी ५ खानेकुराहरूले बढाउनेछ बालबालिकाको स्ट्यामिना
यी ५ खानेकुराहरूले बढाउनेछ बालबालिकाको स्ट्यामिना मौसम जुनसुकै होस्, बालबालिकाको स्वास्थ्यको ख्याल गर्नु हाम्रो पहिलो प्राथमिकता हो। आफ्नो बच्चा स्वस्थ र बलियो होस् भन्ने सबैको चाहना हुन्छ । त्यसैले हरेक आमाबाबुले आफ्नो बच्चालाई स्वस्थ खाना खुवाउँछन्। डाक्टरहरूका अनुसार विकासशील बालबालिकालाई उचित पोषण र ऊर्जायुक्त खाना खुवाउनु महत्त्वपूर्ण हुन्छ। 
तेह्रथुममा मुटु परीक्षण शिविरबाट ८७० जना लाभान्वित
तेह्रथुममा मुटु परीक्षण शिविरबाट ८७० जना लाभान्वित सदरमुकाम म्याङलुङमा सञ्चालित निःशुल्क मुटु परीक्षण शिविरबाट आठ सय ७० जना लाभान्वित भएका छन् । शिविरमा मुटुसम्बन्धी परीक्षण, मधुमेह, उच्च रक्तचापलगायतको परीक्षण गरिएको थियो । जिल्लाका छ वटै पालिकाबाट मुटुको समस्या भएका  बिरामी परीक्षणका लागि आएका थिए । 
अर्थमन्त्री पौडेल र मेयर आचार्य कीर्तिपुर बर्न अस्पतालमा,  अवस्था जोखिममुक्त
अर्थमन्त्री पौडेल र मेयर आचार्य कीर्तिपुर बर्न अस्पतालमा, अवस्था जोखिममुक्त दुवै जनालाई पोखरामा प्राथमिक उपचारपछि कीर्तिपुरस्थित बर्न अस्पतालमा ल्याइएको हो । बर्न अस्पतालका निर्देशक डा किरण नकर्मीले दुवैजना अस्पतालमा भर्ना भएको र अहिले उपचार चलिरहेको बताए । 
९९ वर्षमा आँखाको ज्योति फर्किएपछि...
९९ वर्षमा आँखाको ज्योति फर्किएपछि... शिविरकै लागि बेलायतबाट नेपाल आउनुभएका रेज होप फाउन्डेसनका अध्यक्ष डा विशाल गुरुङले आफ्नो सानो प्रयासले बुबा आमाको जीवनमा खुसी फर्किएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा समेत नेपालको अन्धोपन निवारणमा सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।
तनहुँमा स्वाइन फिभर रोगले १६ बङ्गुर मरे
तनहुँमा स्वाइन फिभर रोगले १६ बङ्गुर मरे जिल्लामा १६ बङ्गुर मरिसकेका र २२ बङ्गुर बिरामी अवस्थामा रहेका छन् । प्रयोगशालामा नमुना परीक्षण गर्ने क्रममा बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि भएको भेटेरिनरी तथा पशुविज्ञ केन्द्रका अधिकृत रुद्रसिं ठकुरीले जानकारी दिए ।
मोतियाविन्दुका बिरामीको निःशुल्क शल्यक्रिया
मोतियाविन्दुका बिरामीको निःशुल्क शल्यक्रिया आँखाको उपचारका लागि पोखरा, काठमाडौँ जान नसक्ने बिरामीको समस्यालाई मध्यनजर गर्दै प्रदेश अस्पताल पर्वतमा सञ्चालन गरिएको तीनदिने शिविरमा मोतीयाबिन्दुका बिरामीको शल्यक्रिया गरिएको हो । गत माघ २९ देखि यही फागुन १ गतेसम्म गरी तीन दिनसम्म शिविर सञ्चालन गरिएको थियो ।
बाँकेका तीन स्थानीय तहमा अझै हात्तीपाइलेको जोखिम
बाँकेका तीन स्थानीय तहमा अझै हात्तीपाइलेको जोखिम बाँकेका केही स्थानीय तहहरू बाँकेका तीन स्थानीय तहमा अझै हात्तीपाइलेको जोखिम रोगको जोखिममा छन् । जिल्लामा १३ पटकसम्म लगातार औषधि खुवाउँदा पनि तीन स्थानीय तह र एउटा वडामा हात्तीपाइले रोगको सङ्क्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।  
मधेशमा अनधिकृत रूपमा अस्पताल सञ्चालन गर्नेलाई कारबाही गरिने
मधेशमा अनधिकृत रूपमा अस्पताल सञ्चालन गर्नेलाई कारबाही गरिने प्रदेश स्वास्थ्य ऐनमा सेवा सञ्चालन अनुमति नलिई अस्पताल सञ्चालन गर्नुलाई दण्डनीय कसुर मानिएको छ । ऐनमा यस्ता अस्पताललाई बन्द गराइ रु एक लाख जरिवाना गर्ने व्यवस्था छ ।
Weather Update