लुम्बिनीका ६ जिल्लामा आज सार्वजनिक बिदा

बुटबल - लुम्बिनी प्रदेश सरकारले प्रदेशमा सार्वजनिक बिदा दिएको छ ।
थारु समुदायले मनाउने बर्का अट्वारी पर्वका अवसरमा भदौ ८ गते आइतबार सार्वजनिक बिदा दिएको हो ।
थारु समुदायको अधिक बसोबास बढी भएका दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रूपन्देही र पश्चिम नवलपरासीमा सार्वजनिक बिदा दिने निर्णय भएको सूचना आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सार्वजनिक गरेको छ ।
यो पर्वमा थारू समुदायका पुरुषहरू निराहार व्रत बस्ने र सूर्यको पूजा गर्ने प्रचलन छ। यो पर्व पश्चिममा थारू समुदायले भब्यताका साथ मनाउँछन् ।
प्रकाशित मिति: आइतबार, भदौ ८, २०८२ ०६:५९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय