Harsamaya
सुनचाँदीको मूल्य बढ्यो,  सुनमा ४ सयले वृद्धि

काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार एक लाख ९४ हजार आठ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ लाख ९५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला २० रुपैयाँ बढेर २३ सय १० रुपैयाँ कायम भएको छ ।

 

प्रकाशित मिति: शुक्रबार, भदौ ६, २०८२  १२:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update