Harsamaya
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, १ हजार ३ सय बढ्यो

काठमाडौं - नेपाली बजारमा आज सुनचाँदीकै मूल्य बढेको छ। आज सुनको मूल्य तोलामा एक हजार तीन सय रुपैयाँले बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक हजार तीन सय रुपैयाँले बढेर सुन तोलाको एक लाख ९४ हजार आठ सय रुपैयाँमा किनबेच भइरहेको छ।

हिजो तोलामा एक हजार ६ यस रुपैयाँ घटेर सुनको मूल्य एक लाख ९३ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ३५ रुपैयाँ बढेर दुई हजार दुई सय ९० रुपैयाँ कायम भएको छ।

 

प्रकाशित मिति: बिहीबार, भदौ ५, २०८२  ११:५५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update