Harsamaya
लिपुलेक व्यापार विवादमा भारतको प्रतिक्रिया : 'नेपालका दाबी इतिहास र प्रमाणमा आधारित छैनन्'
लिपुलेक। ग्राफिक्स : हर समय/Har Samaya

काठमाडौँ - भारत सरकारको परराष्ट्र मन्त्रालयले नेपालले उठाएको लिपुलेक सम्बन्धी टिप्पणीप्रति आधिकारिक प्रतिक्रिया सार्वजनिक गरेको छ ।

भारतका परराष्ट्र मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले जारी गरेको विज्ञप्तिमा भारत–चीनबीच लिपुलेक हुँदै हुने सीमा व्यापार १९५४ बाट सुरु भएको र दशकौँदेखि निरन्तर हुँदै आएको उल्लेख छ । कोभिड–१९ महामारी र अन्य कारणले केही समय अवरुद्ध भएको व्यापार हाल दुवै पक्षबीच सहमतिमा पुनः सुरु भएको जनाइएको छ ।

नेपालले लिपुलेक क्षेत्रमा सीमा विवाद उठाएको सन्दर्भमा भारतले ती दाबीलाई अस्वीकार गर्दै विज्ञप्तिमा भनिएको छ, “नेपालको दाबी न ऐतिहासिक तथ्यमा आधारित छ, न त कुनै प्रमाणमा । कुनै पनि एकतर्फी रूपमा गरिएको कृत्रिम सीमा विस्तार अस्वीकार्य छ।”

भारतले नेपालसँग सीमा विवाद वार्ता र कूटनीतिक माध्यमबाट समाधान गर्न आफू सधैं तयार रहेको पनि जनाएको छ ।

नेपालको भूमि लिपुलेकको प्रयोग गर्नेगरी दुई देशबीच व्यापार सहमति भइसक्दा समेत नेपाल बेखबर छ। नेपालले केही वर्षअघि मात्रै लिपुलेक, कालापानी, लिम्पियाधुरासहितको नयाँ नक्सा प्रकाशन गरिसकेको छ ।

नेपालको उक्त कुरालाई वेवास्ता गर्दै आएको भारतले चीनसँग यस्तो सम्झौता गरेर नेपालको भूमि प्रयोग गरेर आफ्नो व्यापर विस्तार गर्ने तयारी गरेको छ । यस सम्बन्धमा हालसम्म नेपाल सरकारले आफ्नो तर्फबाट कुनैपनि प्रतिक्रिया जनाएको छैन् ।

India-Reply-To-Lipulekh-1755739822.jpg

प्रकाशित मिति: बिहीबार, भदौ ५, २०८२  ०७:१५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update