१ हजार ६ सयले घट्यो सुनको मूल्य

काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको १ हजार ६ सय रुपैयाँले घटेको हो ।
मंगलबार प्रतितोला १ लाख ९५ हजार १ सय रुपैयाँले कारोबार भइरहेको सुन आज १ लाख ९३ हजार ५ सयमा रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै चाँदीको मूल्य पनि आज घटेको छ । मंगलबार २ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको चाँदी आज घटेर २ हजार २ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: बुधबार, भदौ ४, २०८२ ११:१५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय