बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदमुक्त

काठमाडौं - बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदमुक्त भएका छन् । सोमवार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ओझालाई पदमुक्त गर्ने निर्णय गरेको हो । उच्च अदालतका पूर्व न्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा गठित समितिले आइतबार सरकारलाई प्रतिवेदन बुझाएको थियो । समितिले प्राधिकरणको अध्यक्ष हुनको लागि उनको योग्यता अपर्याप्त रहेको, कानुन अनुसार योग्यताका लागि सम्बन्धित क्षेत्रमा थप काम गर्नुपर्ने र कार्यक्षमता लगायत विषयमा प्रश्न गर्दै प्रतिवेदन बुझाएको थियो ।
गत १२ फागुनमा सरकारले ओझालाई बिमा कम्पनीहरूको नियामक निकायको अध्यक्ष नियुक्त गरेको थियो ।
प्रकाशित मिति: मंगलबार, भदौ ३, २०८२ ०९:५४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय