Harsamaya
रुपन्देही-३ को उपनिर्वाचनका लागि २६ दल दर्ता

 काठमाडौं - आगामी १७ कात्तिकमा हुने रुपन्देही जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर ३ को उपनिर्वाचनको लागि  २६ राजनीतिक दल दर्ता भएका छन् ।

सरकारले उपनिर्वाचन घोषणा गरेपछि निर्वाचन आयोगले २१ देखि २७ साउनसम्म दल दर्ताको समय दिएको थियो । त्यस अवधिमा २७ राजनीतिक दलको निवेदन परे पनि रित पुगेका २६ दल दर्ता भएको आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिएकी छिन् । 

प्रमुख राजनीतिक दलहरू सबैजसो स्थानीय निर्वाचनमा भाग लिने गरी दर्ता भएका छन् ।

 

प्रकाशित मिति: सोमबार, भदौ २, २०८२  १९:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update