Harsamaya
कृष्ण जन्मअष्टमी मेलाको विषयलाई लिएर झडप, मेयर साहसहित पाँच घाइते 
कृष्ण जन्मअष्टमी मेलाको विषयलाई लिएर देवाही गोनाही नगरपालिकाको धरहरीमा झड्प भएको छ ।

रौतहट - कृष्ण जन्मअष्टमी मेलाको विषयलाई लिएर देवाही गोनाही नगरपालिकाको धरहरीमा झड्प भएको छ । धरहरी गाउँमा शनिबार आयोजित मेला उदघाटन गर्न रिबन काट्ने विषयलाई लिएर उत्पन्न विवाद पछि झड्प भएको हो । 

झडपमा परेर जनप्रतिनिधि तथा सुरक्षाकर्मी गरि पाँच जना घाइते भएको प्रहरीले जानकारी दिएको छ । 

देवाही गोनाही नगरपालिकाको मेयर प्रेमलाल साह , बरिष्ठ प्रहरी हवल्दार जगदीश यादव ,धनसुन्दर ठाकुर, स्थानीय बासिन्दा श्याम विनय साह र राम विकास साह घाइते भएका हुन् । इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी राजन कार्कीका अनुसार घटनामा संलग्न देवाही गोनाही ९ धरहरी टोलका ४० बर्षीय राधामोहन साह, ३५ बर्षीय विनोद साह र २२ बर्षीय रितिक साहलाई नियन्त्रणमा लिइएको छ । 

झडपमा घाइते भएका मेयर साहसहितको गरुडास्थित बेटर मल्टिस्पेसियालिटी अस्पतालमा उपचार भैरहेको छ । यस घटनाको बारेमा आवश्यक अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।
 

प्रकाशित मिति: शनिबार, साउन ३१, २०८२  १९:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update