Harsamaya
पेट्रोल दुई रुपैयाँले बढ्यो, डिजेल र मट्टीतेलको घट्यो
नेपाल आयल निगम।

रौतहट - नेपाल आयल निगमले आज देखी लागू हुने गरि पेट्रोलको मूल्य बढाएको छ । तर डिजेल र मट्टीतेलको मूल्य भने घटाएको छ ।

नेपाल आयल  निगमले जारी गरेको प्रेस बिज्ञप्ति अनुसार पेट्रोल प्रतिलिटर दुई रुपैयाँले बढाइएको हो ।

डिजेल र मट्टीतेल प्रतिलिटर एक रुपैयाँ घटाइएको बिज्ञप्तिमा उल्लेख छ ।  ईन्डियन आयल कर्पोरेसनबाट प्राप्त पत्र अनुसार नयाँ खरिद मुल्यमा पेट्रोल बढेर र डिजेल र मट्टीतेल घटेर आएकाले निगम संचालक समितिको निणयबाट नयाँ सुची जारी गरेको जनाएको छ ।

अब पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर १५८ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १६० रुपैयाँ र तेस्रो वर्गका लागि १६१ रुपैयाँ तोकिएको छ । यस्तै, डिजेल तथा मट्टीतेलको मूल्य पहिलो वर्गका लागि १४६ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १४८ रुपैयाँ र तेस्रो वर्गका लागि १४९ रुपैयाँ निर्धारण गरिएको नेपाल आयल निगमले जानकारी दिएको छ ।

निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जलाई पहिलो, सुर्खेत र दाङलाई दोस्रो र काठमाडौं, पोखरा र दीपायल डिपोलाई तेस्रो वर्गमा राखेको छ ।

प्रकाशित मिति: शनिबार, साउन ३१, २०८२  ०८:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update