Harsamaya
प्रतिनिधि सभाको बैठक बस्दै, मन्त्रीहरूले सांसदको प्रश्नको जवाफ दिने
प्रतिनिधिसभा बैठक ।

काठमाडौं - संघीय संसद अन्तर्गतको प्रतिनिधिसभाको बैठक आज बस्दै छ । आज दिउँसो  १ बजे बस्ने बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको छ ।

यस्तै, सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । 

प्रकाशित मिति: बुधबार, साउन २८, २०८२  ०७:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update