माफ अन्तर विद्यालय फुटसल प्रतियोगिता आजदेखि हुँदै

काठमाडौं - म्युचल एकेडेमिक एक्टिभिटी फोरम (माफ) को आयोजनामा माफ अन्तर विद्यालय फुटसल प्रतियोगिता आजदेखि हुने भएको छ ।
प्रतियोगितामा माफमा आबद्ध १६ विद्यालयको सहभागिता रहने छन् । प्रतियोगितामा विभिन्न ३ विधामा ४७ टिमको सहभागिता रहने माफकी अध्यक्ष इसु गुरुङले जनाएकी छन् । सिनियर र जुनियर ब्वाइजमा समान १६–१६ तथा सिनियर गल्र्समा १५ टिमले प्रतिस्पर्धा गर्ने छन् । चार दिने प्रतियोगिताका खेलहरू धन्यन्तरी फुटसलमा हुनेछ ।
प्रकाशित मिति: मंगलबार, साउन २७, २०८२ ०७:५८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय