Harsamaya
अलजजिराका ६ जना पत्रकारको हत्या, हमास सेलको नेतृत्व गरेको इजरायलको आरोप

काठमाडौं - इजरायलले अलजजिराका ६ जना पत्रकार र सहकर्मीहरूको हत्या गरेको छ । रिपोर्टर अनस अल-शरीफलाई हमास सेलको नेतृत्व गरेको आरोप लगाएपछि निशाना बनाएको इजरायली सेनाले बताएको छ।

अल जजिराले ‘गाजाका सबैभन्दा साहसी पत्रकारहरू मध्ये एक अनस अल शरीफलाई उनका सहकर्मीहरूको हत्या गर्नु गाजामा कब्जा गर्नुअघि उठेका आवाजहरूलाई दबाउने हताश प्रयास   हो ।’ भनेको छ ।

यता बीबीसीले भने ५ जना अलजजिराका पत्रकारहरुको हत्या भएको उल्लेख गरेको छ । बीबीसीका अनुसार संवाददाता अनस अल शरीफ र मोहम्मद क्रेकेह, साथै क्यामेराम्यान इब्राहिम जहेर, मोहम्मद नौफल र मोमेन अलिवाको हत्या भएको हो ।

अलजजिरालेभने हमलामा जम्मा सात जनाको मृत्यु भएको र आफ्ना ६ सहकर्मी मारिएको बताएको छ ।

प्रकाशित मिति: सोमबार, साउन २६, २०८२  ०७:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update