Harsamaya
आजको राशिफल: वृषलाई नयाँ अवसर, कर्कटलाई रमाइलो यात्राको अवसर
सांकेतिक तस्वीर: हर समय/Har samaya

काठमाडौं - आज २०८२ साउन २५ गते आइतबार । आजको दिन ग्रह-नक्षत्रको प्रभाव अनुसार कोहीलाई सफलता त कोहीलाई सम्हालिनुपर्ने चेतावनी लिएर आएको छ।आजको दिनलाई सकारात्मक सोच र विवेकले अघि बढाउनुहोस् । हेर्नुहोस् तपाईँको आजको राशिफल :- 

मेष : आम्दानी सामान्य मात्र हुनेछ । खर्च भए पनि काममा विभिन्न अवसरले पछ्याउनेछन् । मेहनत गर्दा अवसर भने पाइनेछ । विशेष सभा समारोहमा सहभागी बन्ने मौका छ । व्यापार व्यवसायबाट लाभ मिल्नेछ । विगतका कमी कमजोरीलाई पनि सुधार गर्ने मौका छ । परिस्थितिले खर्च बढाउनेछ। आशा देखाउनेहरूको भरपर्दा धोका  हुन सक्छ ।  फाइदाका लागि केही त्याग्नुपर्ने हुन सक्छ। अवसरवादीहरूबाट सजग रहनुहोला। 

वृष : नयाँ व्यवसाय सुरु गर्ने योग रहेको छ । सामाजिक काम गरेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । प्रयास गर्दा भाग्यले साथ दिनेछ । नयाँ अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्याङ्कन हुनेछ। पढाइमा ध्यान केन्द्रित हुनेछ, प्रगति हुनेछ। काममा लगानी बढाउने समय छ । प्रयास गर्दा रोकिएका कामहरू सफल हुनेछन् ।  आम्दानी बढ्नाले दैनिकीमा पनि परिवर्तन आउन सक्छ।

मिथुन : श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ । स्थितिमा सुधार आउनुका साथै आस मारेको काम बन्नाले मन खुसी रहनेछ । साथीभाइसँगको सम्बन्धमा सुधार आउनेछ । सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ । तारिफयोग्य कामले चर्चामा ल्याउन सक्छ।  विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने मौका छ। सोखले थलिएको काम व्यवसायमा रूपान्तरित हुनेछ।  कर्मयोगले नाम र दाम दिलाउनेछ।

कर्कट : रमाइलो यात्राको अवसर मिल्नेछ । मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन समेत कसिन सक्छ । आस मारेको काम बन्नाले उत्साह जाग्नेछ । प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम लिन सकिने छ । महत्त्वपूर्ण काममा सफलता मिल्नेछ ।  दाम, इनाम र प्रतिष्ठा पाइनेछ ।   बाध्यताले अलमल्याउन सक्छ। सामुदायिक जिम्मेवारी वहन गर्ने समय छ। चिताएको मूल्य प्राप्त नभए पनि पछिलाई फाइदा हुने काम हातलागी हुन सक्छ।

सिंह :  मन मिल्ने साथी भेटिनुका साथै प्रेमको गाँठो कसिने सम्भावना छ । कामको राम्रै मूल्याङ्कन हुनाले तपाईँको प्रतिभाको धेरैले तारिफ गर्नेछन् । खर्च र चुनौतीको समय रहेको हुँदा अलि सजग रहनुपर्ला। सामान्य कामका लागि दौडधुप गर्नुपर्नेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने अवसर छ । स्वास्थ्यमा कमजोरी अनुभूति हुन सक्छ। खानपान र आहार विहारमा ध्यान पुर्‍याउनुहोला।

कन्या :  मेहनतले विभिन्न अवसर जुटाउन सकिनेछ । परिवारजनबाट काममा सहयोग जुट्नेछ । साथीभाइले पनि काममा सहयोग जुटाउन सक्छन्। बिना प्रतिस्पर्धा फाइदा हुने समय छ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ । सहयोगीहरूले काममा साथ दिनेछन्।विशेष उपहार प्राप्त हुन सक्छ। घुमफिर तथा मनोरञ्जनको समय छ।  व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुनेछ। मित्रता र प्रेमको बन्धन कसिलो हुनेछ। 

तुला : आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । पैतृक सम्पत्तिको उपयोग गर्दा फाइदा उठाउन सकिनेछ । प्रतिष्ठित कामको जिम्मेवारी पाइनेछ । नयाँ कामको प्रस्ताव आउनेछ । पहिलो भेटमा नै धेरैले सहयोग गर्नेछन् । मनग्य धन आर्जन हुनेछ । बिछोडिएका परिवारसँग भेट हुनेछ । शत्रुहरू आफै किनारा लाग्नेछन् र प्रतिस्पर्धामा जित हासिल हुनेछ ।   स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ।  

वृश्चिक :  विगतका कमजोरी सच्याउने मौका मिल्नेछ । ठुला व्यक्तित्वको सहयोगले विशेष अवसर पाइनेछ । दिगो फाइदा हुने काम सुरु गर्ने अवसर जुट्नेछ । सोचेको आटेको काममा सफलता मिल्नेछ । आम्दानीका नयाँ स्रोतहरू फेला पर्नेछन् । आज स्थायीभन्दा अस्थायी पेसाबाट फाइदा हुनेछ । अवसरले पछ्याए पनि प्रतीक्षा गरिएको नतिजा कमजोर देखिनेछ। सहयोगीहरूले साथ नदिन सक्छन्। आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्। 

धनु : एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । परोपकारी काममा रुचि बढ्नेछ । सामान्य कामबाट राम्रो लाभ उठाउन सकिनेछ । मन खुसी हुनेछ । साथीभाइ र आफन्तको सहयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ । व्यापारमा पनि राम्रै फाइदा हुनेछ । काममा आमाको सहयोग प्राप्त हुनेछ ।आश्वासन बाँड्नेहरूले झुक्क्याउन सक्छन्। कामको अवसर प्राप्त भए पनि तत्काल प्रतिफल प्राप्त  नहुन सक्छ। अरूको भरपर्दा काम बिग्रन सक्छ। 

मकर : बौद्धिक जमातलाई आकर्षित गर्ने काम सम्पादन गर्न सकिनेछ। व्यापार र उद्योगमा फाइदा हुनेछ । व्यवसायका लागि यात्रा गर्ने अवसर जुर्न सक्छ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । व्यापार व्यवसायबाट प्रशस्त लाभ मिल्नेछ । नयाँ काम प्रारम्भ गर्ने समय छ। चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिनेछ। 

कुम्भ : मेहनत गर्दा विगतका कमजोरीलाई सच्याउन सकिनेछ । पारिवारिक सम्बन्धमा सुधार आउनेछ । शिक्षा र बौद्धिक क्षेत्रमा उन्नति हुनेछ । काममा राम्रै फाइदाको योग रहेको छ । मेहनत गरे प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सफल हुनेछन् । पढाई लेखाइमा प्रगति हुनेछ । बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर जुट्नेछ। चिताएको काम सम्पादन हुनेछ। पहिलेका कमजोरीलाई सुधार्ने मौका छ। 

मीन : बोलीको प्रभावले धेरैलाई आकर्षित गर्नुका साथै सजिलै काम बनाउन सकिनेछ । प्रशंसकहरू बढ्नेछन् र मान सम्मान समेत पाइनेछ । नयाँ कामको थालनी गर्ने मौका मिल्नेछ । साथीभाइसँगको रमाइलो भेटघाटमा मन खुसी रहनेछ । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्नेछ। मिहिनेतको परिणामले आत्मविश्वास बढाउनेछ।  विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ भने आकर्षक उपहार प्राप्त हुन सक्छ। 

प्रकाशित मिति: आइतबार, साउन २५, २०८२  ०६:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update