
काठमाडौं - रास्वापा नेतृ तोसिमा कार्कीले केन्द्रीय समितिमा विधिको प्रश्न उठाएको बताएकी छिन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले आफूले व्यक्तिको विरोध गरेको नभइ विधिको प्रश्न उठाएको बताएकी हुन् ।
शुक्रबारको केन्द्रीय समिति बैठकमा पार्टीमा रिक्त रहेको सह-महामन्त्री पदमा दिपक बोहोरा नियुक्त गर्ने प्रस्ताव आएपछि तोसिमाले विरोध जनाएकी थिइन् ।
उनले पार्टीमा रिक्त रहेको सह-महामन्त्रीको पदमा थप गृहकार्यसहित विधिसम्मत् रुपले इच्छुक-योग्य महिलाहरुबाट नियुक्ति गर्नुपर्ने बताइन् ।
सुमना श्रेष्ठले सह-महामन्त्री पदबाट राजीनामा दिएपछि उक्त पद रिक्त रहेको थियो ।
तोसिमाले केही संचार माध्यम र सामाजिक सन्जालमा आफूलाई जोडेर समाचार आएपछि सामाजिक सञ्जालबाटै स्पष्ट पारेको बताइन् । उनले सह-महामन्त्री पदमा आफ्नो कुनै दाबी नरहेको समेत स्पष्ट पारेकी छिन् ।