Harsamaya
विराट ज्ञान महायज्ञमा देवी प्रतिभा र रवि ओडले दिए प्रस्तुति
कथा वाचिका देवी प्रतिभा ।

काठमाडौं - संकट मोचन विराट् ज्ञान महायज्ञ २०८२ को २५औं दिनमा कथा वाचिका देवी प्रतिभा र गायक रवि ओडले पशुपतिनाथ क्षेत्रमा उपस्थित भक्तजनलाई भजनमार्फत रमाइलो गराएका छन् ।

उनीहरूले श्रद्धालुहरूलाई भक्तिभावमा डुबाउने विभिन्न भजन प्रस्तुत गरेका छन् । उपस्थित भक्तजनहरू उनीहरूको सुमधुर स्वरमा झुमेका थिए ।

श्रावण महिनाभरि चल्ने यो विराट ज्ञान महायज्ञले धार्मिक चेतना जागृत गर्नुका साथै सांगीतिक कार्यक्रममार्फत भक्तजनलाई आकर्षित गर्दै आएको छ । महायज्ञ श्रावण महिनाको अन्त्यसम्म निरन्तर सञ्चालन हुनेछ ।
 

प्रकाशित मिति: शनिबार, साउन २४, २०८२  १६:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update