Harsamaya
कैलाली कारागारमा झडप हुँदा एकको मृत्यु ४७ जना घाइते
कैलाली कारागार ।

काठमाडौं - कैलाली कारागारमा झडप हुँदा एक जनाको मृत्यु भएको छ । 

कैलालीको धनगढी उपमहानगरपालिकास्थित कारागारमा रहेका कैदीबन्दीहरु बीच झडप हुँदा एक जनाको मृत्यु र ४७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले जानकारी दिए ।

उनका अनुसार झड्पका क्रममा कैदीबन्दी भरत चौधरीको मृत्यु भएको छ भने घाइतेहरु सबैको अहिले सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । 

उनले भने,‘हिजो राति कैदीबन्दीबीच झडप भएको थियो । झडपमा परि धनगढी उपमहानगर वडा नं ४ घर भएका कैदीबन्दी भरत चौधरीको चाँही मृत्यु भइसकेको छ । ४७ जना घाइते छन् । घाइतेहरुको अहिले सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।’ 

कैदीबन्दीहरु बिच के विषयमा झडप भएको थियो भन्ने कुरा अझै नखुलेको बताउँदै उनले अनुसन्धान जारी रहेको जानकारी दिए ।

नेपाल न्यूज बैंक

प्रकाशित मिति: शनिबार, साउन २४, २०८२  १०:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update