Harsamaya
आजको राशिफल : भाग्य, व्यापार र प्रेममा  सफलता
सांकेतिक तस्वीर: हर समय/Har samaya

काठमाडौं - आज २०८२ साउन २२ गते बिहीबार । आजको दिन  प्रेममा कसैले नयाँ बन्धन पाउनेछन्, कसैले अप्रत्याशित पुरस्कार  त कोहीको घरपरिवार, साथीभाइ र आफन्तजनसँगको सम्बन्धले भावनात्मक सन्तुलन ल्याउनेछ भने केही चिन्ताले सानो असहजता पनि गराउन सक्छ।

मेष : स्वास्थ्यमा सुधार आउनेछ । भेटघाटमा समय बित्नेछ । विश्वास गरेकाले साथ दिनेछन् । रोकिएका कामहरू सुचारु हुनेछन् । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । साथीभाइको सहयोग मिल्नेछ । आयआर्जन पनि राम्रै हुनेछ । साँझ एक समय आराम गर्नुहोस्। 

वृष : श्रमको उचित मूल्याङ्कन हुनेछ । नयाँ ज्ञान प्राप्त हुने योग रहेको छ । पढाइ लेखाइमा प्रगति हुनेछ । आयआर्जन बढ्ने समय छ ।आफ्नो अधिकारको लागि लड्नुपर्ने छ । काम र व्यापार व्यवसायबाट फाइदा उठाउन सकिनेछ । शत्रुहरू पराजित हुनेछन् । तपाईँका साथी वा परिवारका सदस्यहरूसँग हुने खुसीयाली यात्राले तपाईँलाई तनाउमुक्त बनाउँछ। 

मिथुन : सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ । परिवार र आफन्तको सहयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ । व्यापार व्यवसायमा फाइदा हुनेछ । काम गर्ने जोस, जाँगर र आत्मबल बढ्नेछ । सुखद समाचार सुन्न पाइनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । 

कर्कट : समाजमा मान सम्मान र प्रतिष्ठा कमाउने बेला छ । सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ । सन्तानले प्रसन्नता दिलाउनेछन् । परिवारजनको सहयोगले फाइदा लिन सकिनेछ । मान्यजनको सहयोगमा काममा सफलता मिल्नेछ। आफ्नो रोग बारे छलफल नगर्नुहोस्। रोगबाट ध्यान मोड्ने केही काममा आफूलाई संलग्न गर्नुहोस् । 

सिंह : साथीभाइको सहयोगले महत्त्वपूर्ण कामहरू सफल हुनेछन् । व्यावसायिक काममा खर्च बढ्नेछ । हिम्मतले काम लिन सकिनेछ । परिवारको सहयोगले महत्त्वपूर्ण कामको थालनी हुनेछ । व्यापार व्यवसायबाट पनि फाइदा हुनेछ । साथीभाइसँग रमाइलोमा समय बित्नेछ । 

कन्या : पढाई लेखाइमा प्रगति हुनेछ । आस मारेको कामले उत्साह जगाउनेछ । तत्काल लाभ नभए पनि विभिन्न सकारात्मक सङ्केतहरू प्राप्त हुनेछन् । दाम्पत्य जीवनमा खुसीयाली छाउनेछ । पारिवारिक सम्बन्धमा सुधार आउनेछ । काममा सफलता मिल्नेछ । आफ्नै प्रयासले गरेका काममा भने लाभ मिल्नेछ । 

तुला : काममा विभिन्न अवसर पाइनेछ । समयमा सही निर्णय लिन सक्ने क्षमताले अगाडी बढ्न मद्दत पुग्नेछ । अरूले आफ्ना कमजोरीप्रति गुनासो गर्न सक्छन् । सामाजिक मान सम्मान पाइने समय छ । रमाइलो यात्राको मौका रहेको। अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्ला । काममा केही चुनौतीहरू देखिनेछन् ।  

वृश्चिक : रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । गरेका कामबाट प्रशस्त लाभ हुनेछ । सोचेको आटेको काममा सफलता मिल्नेछ । आम्दानीका स्रोतहरू फेला पर्नेछन् । साथीभाइसँगको सम्बन्धमा सुधार आउनेछ । 

धनु : व्यापार व्यवसायमा प्रशस्त फाइदा हुने योग रहेको छ । परिवारको सहयोगबाट विशेष फाइदा उठाउन सकिनेछ । साथीभाइसँग रमाइलोमा समय बित्नेछ । । पढाइ लेखाइमा प्रगति हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । प्रतिष्ठित काम सफल गर्ने मौका छ । 

मकर : काममा परिवारको सहयोग प्राप्त हुनेछ । सामाजिक मान सम्मान र प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम लिन सकिने छ । पारिवारिक सम्बन्धमा सुधार आउनेछ भने मन खुसी रहनेछ । मान्यजनको सुझावले नयाँ काममा हात लाग्नेछ । महत्त्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। 

कुम्भ : आफ्नो क्षेत्रको नेतृत्व गर्दै विदेश जाने योग रहेको छ । अरूकै कामको जिम्मेवारी समेत बढिरहनेछ । काममा सजिलै सफलता मिल्नेछ । धेरैले सहयोग गर्ने तत्परता देखाउनेछन् । मनग्य धन कमाउने अवसर मिल्नेछ । पुरानो समस्याले पनि झमेला आइलाग्ने योग रहेको छ। मित्रहरूले सहयोग गर्नेछन् र तपाईँलाई खुसी राख्नेछन्। 

मीन : आफन्तको सहयोगले महत्त्वपूर्ण कामको थालनी हुनेछ । प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ ।पारिवारिक जमघटमा मन रमाउनेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । प्रतिष्ठित काम गर्ने मौका छ। 

 

प्रकाशित मिति: बिहीबार, साउन २२, २०८२  ०६:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update