Harsamaya
क्रिप्टोकरेन्सीको कारोबारमा संलग्न  सुसान्त दाहाल पक्राउ
प्रतिकात्मक तस्वीर ।

काठमाडौं - अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी)को कारोबारमा संलग्न रहेको अभियोगमा एक जना पक्राउ परेका छन् । भक्तपुर मध्यपुर थिमी नगरपालिका-३ कौशलटार बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका-१६ चिसापानी घर भएका २१ वर्षीय सुसान्त दाहाललाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका-१४ कलंकीमा अभौतिक मुद्राको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई पक्राउ गरेको हो । 

उनले अभौतिक मुद्राको प्रयोग गरी नगद ७८ लाख ३० हजार ३ सय ८८ रूपैयाँ भन्दा बढी रकमको कारोबार गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ ।  

उनी उपर अभौतिक मुद्राको कारोबार गर्न नहुने सम्बन्धी कसूरमा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ । 

प्रकाशित मिति: सोमबार, साउन १९, २०८२  २२:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update