जरायोको सिङसहित दुई जना पक्राउ

मोरङ - जरायोको सिङसहित दुईजना पक्राउ परेका छन् । पथरीशनिश्चरे नगरपालिका-२ सरस्वती टोलबाट जरायोको सिङ ३ जोर (६ वटा) सहित २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३१ वर्षीय निरज गुरूङ र २४ वर्षीय विजय राई रहेका छन् ।
इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले निरजको घर तलासी गर्दा उक्त सिङ फेला पारी दुबै जनालाई पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि सव डिभिजन वन कार्यालय पथरी पठाइएको छ ।
प्रकाशित मिति: सोमबार, साउन १९, २०८२ २२:१९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय