कक्षा १२ को नतिजा प्रकाशित
काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशित गरेको छ । सोमबार साँझ राष्ट्रिय परीक्षा बोर्डले नतिजा प्रकाशित गरेको हो ।
प्रकाशित नतिजा अनुसार कक्षा १२ मा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । त्यस्तै, ३८.८३ विद्यार्थी ननग्रेड भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
परीक्षामा ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी भएका थिए।
प्रकाशित मिति: सोमबार, साउन १९, २०८२ २१:२६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

