Harsamaya
मुख्यमन्त्री लामाको राजीनामा प्रदेश प्रमुख कार्यालयमा पेस
मुख्यमन्त्री लामाका स्वकीय सचिव छत्रबहादुर लामाले प्रदेश प्रमुखको कार्यालय पुगेर प्रदेश प्रमुखका प्रमुख स्वकीय सचिव बल राम गैरेलाई राजीनामापत्र बुझाउँदै र

हेटौंडा - बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले राजीनामा प्रदेश प्रमुखको कार्यालयमा पेस भएको छ ।

सोमबार दिउँसो मुख्यमन्त्री लामाका स्वकीय सचिव छत्रबहादुर लामाले प्रदेश प्रमुखको कार्यालय पुगेर प्रदेश प्रमुखका प्रमुख स्वकीय सचिव बल राम गैरेलाई राजीनामापत्र बुझाएका हुन् । आइतबार पत्रकार सम्मेलनको आयोजना गरि मुख्यमन्त्री लामाले पदबाट राजीनामा दिएका थिए । 

राजीनामा दिएर लामा काठमाडौं हिडेका थिए । उनको राजीनामा प्रदेश प्रमुखले स्वीकृत गरेपछि नयाँ सरकारको लागि आव्हान गर्नेछन् । 

प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा अस्पतालबाट डिस्चार्ज भएर सोमबार बिहान हेटौंडा आइपुगेका हुन् ।
 

प्रकाशित मिति: सोमबार, साउन १९, २०८२  १४:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update