-1754119774.jpg)
बिराटनगर - नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले अहिलको युवा (जेन्जी) पुस्तालाई कांग्रेससँग नजोडे कांग्रेसको भविष्य नै धराशायी बन्ने खत्तरा रहेको बताएका छन् ।
कांग्रेस कमजोर भए लोकतन्त्र कमजोर हुने उनको धारणा थियो । नेता कोइरालाले लोकतन्त्रबिना अब नेपाली जनता बाँच्न नसक्ने स्पष्ट पारे ।
बलियो कांग्रेसले मात्रै लोकतन्त्रको जगेर्ना गर्न सक्ने बताउँदै कोइरालाले बलियो कांग्रेस बनाउन जेन्जी पुस्तालाई पार्टीसँग जोड्नुपर्ने धारणा राखे ।
नेपाली कांग्रेस विराटनगर महानगर -४ कार्यसमितिले आयोजना गरेको क्रियाशील ज्येष्ठ नागरिक सम्मान समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले लोकतन्त्रको स्थायित्व र देशको विकासका लागि कांग्रेसको भूमिका बारे युवालाई बुझाउनु जरुरी रहेको समेत बताए ।
राजनीतिप्रति युवाहरुको बितृष्णा रहेको भन्दै कोइरालाले यो बितृष्णालाई आकर्षणमा बदल्नु अहिलेको मुख्य चुनौती रहेको प्रष्ट पारे ।