
सिन्धुपाल्चोक - हेलम्बु गाउँपालिकाले प्रशासकीय भवनको शिलान्यास गरेको छ । हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जन शेर्पाले पालिका भवनको आज शिलान्यास गरेका हुन् ।
शिलान्यास कार्यक्रममा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्षहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, गाउँपालिकाका कर्मचारी तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले नयाँ प्रशासकीय भवन निर्माण भएपछि गाउँपालिकाले प्रदान गर्दै आएको सेवा प्रवाह अझ प्रभावकारी र सहज हुने विश्वास व्यक्त गरे। गाउँपालिकाले भवन निर्माणलाई उच्च प्राथमिकतामा राखी छिट्टै सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ।
सो भवन ३ करोड १९ लाख लागत अनुमान रहेको उक्त भवन विश्रान्ति निर्माण सेवाले १४ करोड २३ लाख ४६ हजार ५७१ रुपैयाँ २४ पैसामा आउँदो वर्षको पुष भित्रमा सम्पन्न गर्ने गरी गत असारमा सम्झौता भएको थियो ।
स्थानीय बासिन्दाहरूले बहुप्रतीक्षित भवन निर्माण शुरु भएकोमा खुशी व्यक्त गर्दै यसले गाउँपालिकाको प्रशासनिक कार्य सम्पादनमा सहजता ल्याउने विश्वास व्यक्त गरेका छन्।