Harsamaya
संसदीय दलको नेताका लागि लामा र बाँनियाको भिडन्त 
मुख्यमन्त्री बहादुर सिंह, केन्द्रीय प्रतिनिधि राजन केसी र कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बहादुर बाँनिया ।

काठमाडौं - नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको निर्वाचनमा मुख्यमन्त्री बहादुर सिंह लामा र इन्द्र बहादुर बानियाँ बीच भिडन्त हुने भएको छ।

संसदीय दलको नेता छान्ने प्रक्रियामा लामा र बाँनियाको उम्मेदवारी परेपछि दुवैबीच भिडन्त हुने भएको हो । 

२०७९ पौष १३ गते संसदीय दलमा इन्द्रबहादुर बानियाँलाई पाँच मतले हराउँदै लामा दलको नेतामा निर्वाचित बनेका थिए। तर अहिले परिस्थिति फेरिएको छ । 

मुख्यमन्त्री लामालाई अविश्वासको प्रस्ताव पेश गरेका बानियाँले मंगलबार मत विभाजन हुँदा २२ सांसदको साथ पाएर अविश्वासको प्रस्ताव पारित गराउन सफल भएका थिए। लामाका साथमा १५ सांसद थिए । 

संसदीय दलमा अविश्वासको प्रस्ताव सामना गरेका लामाले मुख्यमन्त्री पद भने नछोड्ने अडान लिएका छन् । लामाले आजै तीन मन्त्री नियुक्तसमेत गरेका थिए । तर, गठबन्धन सरकार भएका कारण उनीहरूको सपथ ग्रहण हुन सकेको छैन ।  

प्रकाशित मिति: बुधबार, साउन १४, २०८२  १२:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update