संसदीय दलको नेता चयनका लागि मुख्यमन्त्री बहादुर सिंह लामाले गराए उम्मेदवारी दर्ता

काठमाडौं - मुख्यमन्त्री बहादुर सिंह लामाले कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
बुधबार हेँडौँडास्थित कांग्रेस संसदीय दलको कार्यालयमा पुगेर मुख्यमन्त्री लामाले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
उनको प्रस्तावकमा तिर्थ लामा र रामकृष्ण चित्रकार रहेका छन् भने समर्थकमा कुन्दन राज काफ्ले र रामकुमार पहाडी छन् ।
यसअघि इन्द्र बानियाँले आफ्नो उम्मेदवारी दर्ता गराइसकेका छन् । संसदीय दलको नेता छान्न आजै चुनाव हुनेछ ।
प्रकाशित मिति: बुधबार, साउन १४, २०८२ १२:३६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय