बहादुर सिंह लामाले गरे मन्त्रिपरिषद् विस्तार

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले मन्त्रिपरिषद् विस्तार गरेका छन् । खाली रहेको मन्त्रालयमा बुधबार बहादुरले तीन जनालाई मन्त्री नियुक्त गरेका हुन् ।
मन्त्री नियुक्त हुनेहरुमा गोबिन्द लम्साल, माया श्रेष्ठ र गिता गुरुङ रहेको स्रोतले जानकारी दिएको छ ।
लम्साललाई आन्तरिक मामिला मन्त्रालय दिईएको छ भने श्रेष्ठ र गुरुङलाई कुन मन्त्रालय दिने भन्ने तोकिएको छैन ।
उनीविरुद्ध कांग्रेस संसदीय दलमा अविश्वासको प्रस्ताव पारित गराउन ५ मन्त्रीले राजीनामा दिएका थिए । हिजो मात्र दलमा उनीविरुद्धको अविश्वासको प्रस्ताव पारित भएको हो ।
मुख्यमन्त्री पद छोड्न दवाव आइरहेकै बेला लामाले मन्त्रिपरिषद्को पूर्णता दिन लागेका हुन् ।
प्रकाशित मिति: बुधबार, साउन १४, २०८२ ०९:०७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय