Harsamaya
बागमतीका चार मन्त्री बर्खास्त
संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन र आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने ।

काठमाडौं - बागमती प्रदेशमा राजीनामा दिएका चार मन्त्रीलाई मुख्यमन्त्री बहादुर सिंह लामाले मन्त्रीबाट बर्खास्त गरेका छन् । शुक्रबार मुख्यमन्त्री लामाले उनीहरूलाई बर्खास्त गरेका हुन् । 

मुख्यमन्त्री लामाले संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन र आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेलाई पदबाट बर्खास्त गरेका हुन् । 

मुख्यमन्त्री लामाले आफ्नै पार्टीबाट मन्त्री बनेकाहरुलाई पदमुक्त गरेका हुन् । 

कांग्रेस संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री लामालाई हटाउने पहलस्वरुप मन्त्रीहरुले राजीनामा दिएका थिए । शुक्रबारै लामालाई संसदीय दलको नेताबाट हटाउन भन्दै २१ संसदले अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । 

प्रकाशित मिति: शनिबार, साउन १०, २०८२  ०६:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update