Harsamaya
वाइसीएल नवलपुरको इन्चार्जमा पौडेल
नारायण पौडेल ।

काठमाडौं -  नारायण पौडेल योङ कम्युनिस्ट लिङ (वाइसीएल) को इन्चार्ज भएका छन् ।  पौडेल नेकपा माओवादीको भातृ संगठन वाइसीएल नेपालको नवलपुर जिल्लाको इन्चार्ज भएका हुन् । समाजसेवी पौडेल चितवन औषधि व्यवसायी संघ (थोक) का महासचिव र धौलागिरी मेडिसिन ग्रुपका सञ्चालनक तथा प्रोपाइटर समेत छन् ।

वाइसीएल नेपालको केन्द्रीय समितिले कार्य विभाजनलाई टुङ्गोमा पुर्याएसँगै पौडेललाई नवलपुर जिल्लाको इन्चार्जको जिम्मेवारी दिइएको हो । 

असार १७ र १८ गते बसेकों केन्द्रीय पदाधिकारी बैठक तथा २० र २१ मा बसेको कार्यालयको बैठक र २४ गते बसेको केन्द्रीय समितिको दोश्रो पूर्ण भर्चुअल बैठकले २७ वटा विभाग सहित, प्रदेश इन्चार्ज, सह–इन्चार्ज र जिल्ला इन्चार्जहरुको टुङ्गो लगाएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन ८, २०८२  ०९:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update