काठमाडौं - जनमत पार्टीका सांसद अब्दुल खानले विदेशबाट आएका लासहरुको क्षतिपूर्तिमा सरकारले ध्यान दिनुपर्ने बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले १३ दिन अघिको लास अझै नेपाल नआएको भन्दै सरकारले यसमा ध्यान दिनुपर्ने बताए ।
उनले लास ल्याउन नसक्ने र मृतकको परिवारलाई क्षतिपूर्ति दिन नसक्ने भए रेमिट्यान्सबाट देश चलाई रहेको भन्न लाज हुनुपर्ने बताएका छन् ।
‘प्रत्येक वर्ष विदेशमा नेपालीहरु १३ सय ४६ जनाले ज्यान गुमाइरहेका छन् । प्रत्येक दिन नेपालको एयरपोर्टमा नेपालीको लास आउने गरेको छ । १३ जुलाई २०२५ मा वर्षात्को कारणले गर्दा २२ वर्षको राजन यादव र रोजिन ओली २० वर्षको उमेरमा मृत्यु भएको थियो, अमेरिकामा रहेका दुई नागरिकको लास अझै नेपाल आएको छैन । यस प्रति सरकारले ध्यान दिन जरुरी रहेको छ । हामी लास ल्याउन सक्दैनौं, मृतकको परिवारलाई क्षतिपूर्ती दिन सक्दैनौं भने रेमिट्यान्सबाट देश चलाई रहेको भन्न लाज रहेको कुरा रहेको छ । यसप्रति सरकारले ध्यान दिन जरुरी रहेको छ ’ उनले भने ।