Harsamaya
साफ यु–२० महिला च्याम्पियनसिप:  आज साँझ नेपाल र बंगलादेश भिड्दै
यू–२० महिला च्याम्पियनसिपमा आज नेपाल र बङ्गलादेशबीच प्रतिस्पर्धा हुँदै ।

काठमाडौं - बङ्गलादेशमा जारी दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू–२० महिला च्याम्पियनसिपमा आज नेपाल र बङ्गलादेशबीच प्रतिस्पर्धा हुँदैछ । सोमबार यू–२० महिला च्याम्पियनसिपमा आज नेपाल र बङ्गलादेशबीच प्रतिस्पर्धा हुन लागेको हो। 

खेल बङ्गलादेशको ढाकास्थित बसुन्धरा स्पोट्र्स ग्राउण्डमा नेपाली समयअनुसार बेलुका पौने ७ बजे सुरु हुनेछ । यसअघिका पाँच खेलमा बङ्गलादेश अपराजित रहँदै १५ अंकका साथ शीर्षस्थानमा छ भने १२ अंक भएको नेपाल दोस्रो स्थानमा छ ।

यसअघि, आज दिउँसो पौने ३ बजे भुटान र श्रीलंका भिड्ने छन् । भुटान ३ अंकसहित तेस्रो स्थानमा रहँदा श्रीलङ्का अंकविहीन हुँदै पुछारमा छ ।
 

प्रकाशित मिति: सोमबार, साउन ५, २०८२  ११:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update