बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

काठमाडौं - नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला आठ सय रुपैयाँले बढेको हो ।
यससँगै आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९३ हजार तीन सय रुपैयाँ कायम भएको छ । यसअघि शुक्रवार छापावाल सुनको मूल्य तोलामा १ लाख ९२ हजार पचास रुपैयाँ कायम भएको थियो ।
यस्तै आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेको छ । यससँगै शुक्रवार तोलामा २२ सय ८० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार २२ सय ८५ रुपैयाँ पुगेको छ ।
प्रकाशित मिति: आइतबार, साउन ४, २०८२ ११:४२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय