उत्तर भियतनाममा क्रूज जहाज दुर्घटना: मृत्यु हुनेको संख्या ३८ पुग्यो
                            
                            
                                                        
                                                     
                                                            काठमाडौं - उत्तरी भियतनामको क्वाङ निन्ह प्रान्तको हा लङ खाडीमा क्रूज जहाज पल्टिँदा ३८ जनाको मृत्यु भएको छ ।
उक्त क्षेत्रमा अचानक आएको आँधीबेहरीको क्रममा यो दुखद घटना भएको हो । स्थानीय सञ्चारमाध्यमका अनुसार दुर्घटनाको समयमा जहाजमा ५३ जना सवार थिए, जसमध्ये ४८ जना पर्यटक र पाँच जना चालक दलका सदस्य थिए ।
क्वाङ निन्ह प्रान्तका स्थानीय अधिकारीहरूले दुर्घटनापछि तत्काल उद्धार कार्य सुरु गरेका थिए । अहिलेसम्म १२ जनालाई जिवितै उद्धार गरिएको छ भने खोज र उद्धार प्रयास जारी रहेको छ ।
प्रकाशित मिति: आइतबार, साउन ४, २०८२  १०:५७
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रिय
        
    

 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                     
                     
                    