
काठमाडौं - आज २०८२ साउन २ गते शुक्रबार । आजको दिन ग्रह-नक्षत्रको प्रभाव अनुसार कोहीलाई सफलता त कोहीलाई सम्हालिनुपर्ने चेतावनी लिएर आएको छ।आजको दिनलाई सकारात्मक सोच र विवेकले अघि बढाउनुहोस् । हेर्नुहोस् तपाईँको आजको राशिफल :-
मेष : तपाईँलाई रमाइलो यात्रामा जानको लागि अवसर मिल्न सक्छ। यस क्रममा मन मिल्ने साथी भेटिने सम्भावना छ र प्रेमको सम्बन्ध बलियो हुनेछ। तर, केही कामका लागि अतिरिक्त चुनौतीहरू पनि आइपर्न सक्छन्। प्रतीक्षा गरिएको नतिजा कमजोर रहनेछ। बलभन्दा बुद्धिको उपयोगले काम लिने चेष्टा गर्नुहोला। मिहिनेतले अवसर दिलाउनेछ। दिगो कामलाई केही समय पर्खनुपर्ला।समस्याका बिच टाढाको यात्रा हुनेछ।
वृष : सामान्य देखिनुका बाबजुद, ठूलो खाँचो पूरा हुनेछ। विभिन्न अवसरहरूले तपाईँलाई पछ्याउने छ । कठिन परिश्रम गर्दा राम्रो अवसर प्राप्त हुनेछ। सहयोगी र शुभचिन्तकहरूले साथ दिनेछन्। सानो प्रयत्नले लक्ष्य प्राप्त हुनुका साथै दिगो लाभ हुने काम प्रारम्भ हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। रोकिएका काम पूर्ववत् बन्न थाल्नेछन्।
मिथुन : नयाँ व्यवसाय सुरु गर्ने अवसर छ। महत्त्वपूर्ण कार्य गरेर तपाईँ प्रतिष्ठा, पुरस्कार र सम्मान कमाउनुहुनेछ। पारिवारिक भेटघाटले खुसी ल्याउनेछ। विशेष सभा समारोहमा सहभागी बन्ने मौका छ । व्यापार व्यवसायबाट लाभ मिल्नेछ । विगतका कमी कमजोरीलाई पनि सुधार गर्ने मौका छ । बेसुरमा दिइएको वचनले समस्या निम्त्याउला। आँटेको काम भने सम्पादन हुनेछ।
कर्कट : काममा सुधार आउनेछ र पहिले असमर्थ देखिएका कामहरू सफल हुनेछन्, जसले उत्साह बढाउनेछ। एउटै कामबाट दोहोरो फाइदा प्राप्त हुनेछ। समुदायको लागि गरिएका प्रयासहरूको प्रशंसा हुनेछ। मनग्य धन आर्जन हुनेछ । बिछोडिएका परिवारसँग भेट हुनेछ । । आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने छन् । सहयोगीहरूले प्रतिस्पर्धीलाई साथ दिने हुँदा सोचेको उपलब्धि नहुन सक्छ।
सिंह : परिवारको सहयोगमा महत्त्वपूर्ण काममा सफलता मिल्नेछ। तपाईँको श्रमको उचित मूल्य पाइनेछ र आम्दानी बढ्नेछ।बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलामा निखरता आउनेछ। मान–सम्मान पनि प्राप्त हुनेछ। काममा साथ दिनेहरू बढ्नेछन्। नयाँ कामको प्रस्ताव आउनेछ।
कन्या : तपाईँका प्रशंसकहरू बढ्नेछन् र सम्मान पाइनेछ। प्रतिस्पर्धीहरूलाई सजिलै नियन्त्रण गर्न सकिनेछ र तपाईँको सहयोगीहरूको समर्थनले व्यवसायमा ठूलो फाइदा ल्याउनेछ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ । इच्छाशक्ति बढ्नुका साथै कीर्तिमानी कामको जस लिने अवसर प्राप्त हुनेछ। समय फुर्सदिलो देखिए पनि रचनात्मक कार्य गर्न सकिनेछ। परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ। प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ।
तुला : अध्ययन र अध्यापनमा प्रगति हुनेछ। तपाईँको बोलीको प्रभावले धेरैलाई आकर्षित गर्नेछ र तपाईँ सजिलै कामहरू पूरा गर्न सक्नुहुनेछ। रमाइलो यात्राको योग रहेको छ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । व्यापार व्यवसायबाट प्रशस्त लाभ मिल्नेछ । खर्च लागे पनि लगानी बढाउने अवसर जुट्नेछ। पछिका लागि विशेष काममा जग बसाउने मौका छ। परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ।
वृश्चिक : विशिष्ट व्यक्तित्वको सहयोगले तपाईँलाई विशेष अवसर मिल्नेछ। दिगो फाइदा हुने काम सुरु गर्ने अवसर प्राप्त हुनेछ। काममा राम्रो फाइदाको योग रहेको छ । मेहनत गरे प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सफल हुनेछन् । पढाई लेखाइमा प्रगति हुनेछ ।दैनिक आवश्यकता पूरा हुनेछन् भने मिहिनेतको फल प्राप्त हुनेछ। आम्दानी बढ्नाले उत्साह जाग्नेछ।
धनु : तपाईँको क्षेत्रमा प्रभुत्व जमाउने समय आएको छ। पैतृक सम्पत्तिको प्रयोग गरेर थप फाइदा उठाउन सकिनेछ। प्रतिष्ठित कामको जिम्मेवारी तपाईँलाई मिल्नेछ। साथीभाइसँगको रमाइलो भेटघाटमा मन खुसी हुनेछ । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर जुट्नेछ। अवसर प्राप्त भए पनि आफ्नैले काम बिगार्न सक्छन्।
मकर : विगतका कमजोरीहरू सुधार्ने अवसर पाइनेछ। विशिष्ट व्यक्तित्वको सहयोगले तपाईँलाई विशेष अवसर प्राप्त हुनेछ। व्यापारबाट लाभ मिल्नेछ। घरायसी काममा रुचि बढ्नेछ । मिहिनेत परे पनि भाग्यले राम्रै अवसर दिलाउनेछ। चुनौतीहरू स्वतः हट्नेछन् भने अवसर तथा सफलताले पछ्याउनेछन्। टाढिएका मित्रगण नजिकिनाले प्रसन्नता मिल्नेछ।
कुम्भ : सुरुमा केही खर्च लागे पनि तपाईँले सोचेका कार्यहरू सफल हुनेछन्। व्यवसायमा लगानी बढाउने अवसर आउन सक्छ। असन्तुलित खानपानले पेटको समस्या आउने सम्भावना छ। व्यस्तता बढ्नेछ र शरीरमा कमजोरी अनुभूति हुनेछ। स्वास्थ्यका लागि आहार बिहारमा सजग रहनुहोला। अरूका लागि बुद्धि खर्चनुपर्नेछ। उपलब्धिविहीन काममा समय बित्नेछ। आश्वासन बाँड्नेहरूले झुक्क्याउनेछन् भने पहिलेका सहयोगीहरू पछि हट्न सक्छन्।
मीन : तपाईँलाई विगतका कमजोरीहरू सुधार्ने अवसर मिल्नेछ। विशिष्ट व्यक्तित्वको सहयोगले तपाईँलाई विशेष अवसर प्राप्त हुनेछ। अरूको विषयमा चासो राख्दा वादविवाद हुन सक्छ। आर्थिक अभावले काम रोकिने सम्भावना छ। साथीभाइको भावना बुझ्न नसक्दा शुभचिन्तकहरू टाढिन सक्छन्। मान सम्मानमा आघात पुग्न सक्छ। धैर्यसाथ गरिएको व्यवहारले भने फाइदा दिलाउनेछ।