Harsamaya

काठमाडौं - काठमाडौं महानगरपालिका नगर सभाको १७औँ अधिवेशनको दोस्रो बैठकले नगरसभा सञ्चालन सम्बन्धी कार्यविधि ऐन २०७५ को दफा १६ बमोजिम दुई वटा विधेयक स्वीकृत गरेको छ । 

बुधबार भएको उक्त बैठकले काठमाडौं महानगरपालिका राजस्व विधेयक २०८२ र काठमाडौं महानगरपालिका सम्पदा मैत्री भवन संरक्षण एवं निर्माण मापदण्ड सहुलियत विधेयक २०८२ स्वीकृत गरेको नगर प्रमुख बालेन शाहले जानकारी दिएका छन् । 

यसको साथै, उनले आज नगर सभामा प्रस्तुत भएका ९ वटा कार्यसूची मध्य, कार्यसूची नम्बर १, २, ३, ४, ८ र ९ मा भएको प्रस्तावहरू संशोधन सहित पारित भएको र प्रस्ताव नम्बर ५, ६ र ७ पेश मात्र भएको घोषणा गरेका छन् । 

प्रकाशित मिति: बुधबार, असार ३२, २०८२  २१:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update