भरतपुरमा आज तीन घन्टा विद्युत अवरुद्ध हुने
                            
                            
                                                        
                                                    
                                                            चितवन - भरतपुर महानगरपालिकाका विभिन्न स्थानमा शनिबार तीन घण्टा विद्युत अवरुद्ध हुने भएको छ ।
नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका अनुसार भरतपुर महानगर वडा नम्बर ६, ७, ८, १०, १३, १४, १५, १६, २२ र आसपासका क्षेत्रमा शनिबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म विद्युत् अवरुद्ध हुनेछ ।
भरतपुर वितरण केन्द्रका अनुसार भरतपुर–१, औद्योगिक–१, हस्पिटल फिडर र ३३ केभी देवनगर प्रसारण लाइन अन्तर्गत विरुद्ध अवरुद्ध हुने छ ।
बाइपास रोडमा ११ केभी प्रसारण लाइनको विद्युतीय संरचनाहरू निर्माण गर्नुपर्ने भएकोले उक्त स्थानमा विद्युत अवरुद्ध हुने भएको बताइएको छ ।
प्रकाशित मिति: शनिबार, असार २८, २०८२  ०८:३२
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रिय
        
    
