Harsamaya
आजको राशिफल : प्रेम र धन प्राप्तिको योग
सांकेतिक तस्वीर: हर समय/Har samaya

काठमाडौं - आज २०८२ असार २५ गते बुधबार।  आजको दिन तपाईँका लागि विशेष सन्देश बोकेर आएको छ ।  हेरौँ, तपाईँको राशिमा के  छ । 

मेष : नयाँ ज्ञान प्राप्त हुने योग छ । आम्दानी सामान्य मात्र हुनेछ । खर्च भए पनि काममा विभिन्न अवसरले पछ्याउनेछन् । मेहनत गर्दा अवसर भने पाइनेछ ।  तपाईँलाई रमाइलो यात्रामा जानको लागि अवसर मिल्न सक्छ। यस क्रममा मन मिल्ने साथी भेटिने सम्भावना छ र प्रेमको सम्बन्ध बलियो हुनेछ। तपाईँले परिवारका सदस्य र साथीहरूसँग पर्याप्त समय पाउनुहुनेछ।

वृष : नयाँ व्यवसाय सुरु गर्ने योग रहेको छ । सामाजिक काम गरेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । प्रयास गर्दा भाग्यले साथ दिनेछ  कठिन परिश्रम गर्दा राम्रो अवसर प्राप्त हुनेछ। अध्ययन अध्यापनमा प्रगति हुनेछ। जागिरमा पदोन्नति हुनेछ । राजनीतिमा आफ्नो वर्चस्व बढाउन सकिनेछ । स्वास्थ्य पूर्ण ठिक रहनेछ। अचानक धनको लाभ हुने छ।

मिथुन : परोपकारी काममा रुचि बढ्नेछ । सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। विशिष्ट व्यक्तित्वको सहयोग जुट्नाले विशेष अवसर पाइने समय छ।श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ । स्थितिमा सुधार आउनुका साथै आस मारेको काम बन्नाले मन खुसी रहनेछ । साथीभाइसँग रमाइलोमा समय बित्नेछ । तपाईँको विनम्र व्यवहारको सराहना गरिनेछ। 

कर्कट : खर्च भए पनि विभिन्न अवसरले पछ्याउनेछन्। मेहनत गर्दा अवसर भने पाइनेछ। रमाइलो यात्राको अवसर मिल्नेछ । मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन समेत कसिन सक्छ । आस मारेको काम बन्नाले उत्साह जाग्नेछ । सहयोगीहरूले काममा साथ दिनेछन् । आँटेका काम पनि सजिलै बन्नेछन् । कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्नेछ । 

सिंह : साथीभाइसँग भेट हुँदा मन प्रसन्न रहनेछ । व्यापार व्यवसायमा प्रशस्त लाभ मिल्नेछ । परिवारको सहयोगमा महत्त्वपूर्ण काममा सफलता मिल्नेछ। पारिवारिक भेटघाटले प्रसन्नता मिल्नेछ। तपाईँको श्रमको उचित मूल्य पाइनेछ र आम्दानी बढ्नेछ। कामको राम्रै मूल्याङ्कन हुनाले तपाईँको प्रतिभाको धेरैले तारिफ गर्नेछन् ।

कन्या : प्रयत्न गर्दा भाग्यले साथ दिनेछ। परिवारको सहयोगमा महत्त्वपूर्ण काममा सफलता मिल्नेछ। साथीभाइले पनि काममा सहयोग जुटाउन सक्छन्। तपाईँका प्रशंसकहरू बढ्नेछन् र सम्मान पाइनेछ। प्रतिस्पर्धीहरूलाई सजिलै नियन्त्रण गर्न सकिनेछ व्यवसायमा ठुलो फाइदा ल्याउनेछ। टाढाको यात्रा गर्ने मौका छ । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ । 

तुला : व्यापार व्यवसायमा प्रशस्त फाइदा हुने योग रहेको छ । दाम, नाम, इनाम हात पर्ने बेला छ । पढाइमा पनि प्रगति हुने समय छ । अध्ययन र अध्यापनमा प्रगति हुनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । पैतृक सम्पत्तिको उपयोग गर्दा फाइदा उठाउन सकिनेछ । प्रतिष्ठित कामको जिम्मेवारी पाइनेछ । अप्ठ्यारा कामको बोझ थपिने सम्भावना छ। श्रमको उचित मूल्याङ्कन हुनेछ ।

वृश्चिक : व्यापार व्यवसायबाट प्रशस्त लाभ मिल्नेछ । आर्थिक लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला । विगतका कमजोरी सच्याउने मौका मिल्नेछ । ठुला व्यक्तित्वको सहयोगले विशेष अवसर पाइनेछ । दिगो फाइदा हुने काम सुरु गर्ने अवसर जुट्नेछ ।

धनु : प्रशंसकहरू बढ्नेछन् र मान सम्मान समेत पाइनेछ। प्रतिस्पर्धीहरूलाई सजिलै वशमा ल्याउन सकिनेछ। रोकिएका अधुरा कामहरू सुचारु हुनेछन् । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । परोपकारी काममा रुचि बढ्नेछ । सामान्य कामबाट राम्रो लाभ उठाउन सकिनेछ । मन खुसी हुनेछ । 

मकर : समाजमा मान सम्मान र प्रतिष्ठा कमाउने बेला छ । स्वास्थ्यमा सुधार आउनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउने समय छ। बौद्धिक जमातलाई आकर्षित गर्ने काम सम्पादन गर्न सकिनेछ। व्यापार र उद्योगमा फाइदा हुनेछ । व्यवसायका लागि यात्रा गर्ने अवसर जुर्न सक्छ । विगतका कमजोरीहरू सुधार्ने अवसर पाइनेछ। धार्मिक काममा व्यस्त रहनुपर्नेछ । रमाइलोमा समय बित्नेछ ।

कुम्भ : सुख दुखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । आफन्तको सहयोगले महत्त्वपूर्ण कामहरू सफल हुनेछन् । विगतका कमजोरी सच्याउने मौका मिल्नेछ। मेहनत गर्दा विगतका कमजोरीलाई सच्याउन सकिनेछ । पारिवारिक सम्बन्धमा सुधार आउनेछ । शिक्षा र बौद्धिक क्षेत्रमा उन्नति हुनेछ ।

मीन: बोलीको प्रभावले धेरैलाई आकर्षित गर्नुका साथै सजिलै काम बनाउन सकिनेछ । प्रशंसकहरू बढ्नेछन् र मान सम्मान समेत पाइनेछ । काममा सुधार आउनुका साथै आस मारेको काम बन्नाले उत्साहित भइनेछ। सोचेको आँटेको कामहरू बन्नेछन् । व्यवसायमा थप लगानी बढाउन सकिनेछ । 

प्रकाशित मिति: बुधबार, असार २५, २०८२  ०६:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update