वामदेव नेकपा एसमा प्रवेश गर्ने, बनाइयो वार्ता टोली
                            
                            
                                                        
                                                     
                                                            काठमाडौं - वामदेव गौतमलाई नेकपा एकीकृत समाजवादीमा प्रवेश गराउन दुवै पक्षले वार्ता टोली बनाएका छन् । 
गौतम नेतृत्वको पार्टी एकता राष्ट्रिय अभियान र माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीबीच पार्टी एकीकरणका लागि दुवै टोलीले वार्ता समिति बनाएका हुन ।
गौतमका तर्फबाट अभियानका महासचिव डीबी कार्कीको नेतृत्वमा भगवती विष्ट र लोकनाथ धमला सदस्य रहेको तीन सदस्यीय वार्ता कमिटी गठन भएको छ भने एकीकृत समाजवादीबाट अध्यक्ष नेपाल, वरिष्ठ नेता प्रमेश हमाल र नेता बलराम बाँस्कोटा सदस्य रहेको वार्ता समिति बनाएका छन् ।
दुवै वार्ता टोलीले तय गरेको सैद्धान्तिक र नेतृत्वको विषयमा सहमति जुटेपछि एकता गर्ने गरी कुराकानी अघि बढिरहेको छ । हालै बसेको नेकपा एसको स्थायी समिति बैठकले गौतमलाई तेस्रो मर्यादा क्रममा राख्ने भनेर बाटो खुल्ला राखेको छ ।
प्रकाशित मिति: मंगलबार, पुस ९, २०८१  १६:०७
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रिय
        
    

 
                                                -1761925825.jpg) 
                                                ![एकीकृत समाजवादीले माओवादी केन्द्रसँग एकता गर्ने [भिडियोसहित]](https://www.harsamaya.com/uploads/posts/350X220/Samajbadi-1761794638.jpg) 
                                                 
                                                 
                     
                     
                     
                     
                     
                    