
काठमाडौं - आज २०८२ असार २३ गते सोमबार । ग्रह नक्षत्रको प्रभावले आज विभिन्न राशिका व्यक्तिहरूका लागि विशेष अवसर, वित्तीय फाइदा, प्रेम जीवनमा परिवर्तन, स्वास्थ्य सम्बन्धी सचेतना, र पारिवारिक सम्बन्धमा महत्त्वपूर्ण मोड आउन सक्ने संकेत देखिएको छ।
मेष : आम्दानी सामान्य मात्र हुनेछ । खर्च भए पनि काममा विभिन्न अवसरले पछ्याउनेछन् । मेहनत गर्दा अवसर भने पाइनेछ । काममा विभिन्न अवसर पाइनेछ । समयमा सही निर्णय लिन सक्ने क्षमताले अगाडी बढ्न मद्दत पुग्नेछ । अरूले आफ्ना कमजोरीप्रति गुनासो गर्न सक्छन् । घरेलु कामले तपाईँलाई अधिकांश समय व्यस्त राख्नेछ। कसैको व्यावसायिक प्रगति हुनेछ।
वृष : आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । आफ्नो क्षेत्रको नेतृत्व गर्दै विदेश जाने योग रहेको छ । अरूकै कामको जिम्मेवारी समेत बढिरहनेछ । काममा सजिलै सफलता मिल्नेछ । पैतृक सम्पत्तिको उपयोग गर्दा फाइदा उठाउन सकिनेछ । प्रतिष्ठित कामको जिम्मेवारी पाइनेछ । आफ्नो क्षेत्रको नेतृत्व गर्दै विदेश जाने योग रहेको छ । तपाईँलाई संकटको समयमा मद्दत गर्ने आफन्तलाई आफ्नो कृतज्ञता व्यक्त गर्नुहोस्।
मिथुन : नयाँ व्यवसाय सुरु गर्ने मौका छ। महत्त्वपूर्ण काम गरेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। पारिवारिक भेटघाटले प्रसन्नता मिल्नेछ। आफन्तको सहयोगले महत्त्वपूर्ण कामको थालनी हुनेछ । प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । आफ्नो तेज र सक्रिय मनले नयाँ कुरा सिक्नु हुनेछ। तपाईँको जोडीले आनन्द दिने प्रयास गर्नाले आज आनन्द भरिएको दिन हुनेछ।
कर्कट : स्वास्थ्यमा सुधार आउनेछ । भेटघाटमा समय बित्नेछ । विश्वास गरेकाले साथ दिनेछन् । रोकिएका कामहरू सुचारु हुनेछन् ।प्रशंसकहरू बढ्नेछन् र मान सम्मान समेत पाइनेछ। प्रतिस्पर्धीहरूलाई सजिलै वशमा ल्याउन सकिनेछ। सहयोगीहरू जुट्नाले व्यवसायबाट प्रशस्त फाइदा उठाउने मौका छ। केही अतिरिक्त पैसा बनाउन आफ्नो नवीन विचार प्रयोग गर्नुहोस्।
सिंह : रमाइलो यात्राको अवसर जुट्न सक्छ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन समेत कसिन सक्छ। श्रमको उचित मूल्याङ्कन हुनेछ । नयाँ ज्ञान प्राप्त हुने योग रहेको छ । पढाइ लेखाइमा प्रगति हुनेछ । आयआर्जन बढ्ने समय छ ।अप्ठ्यारा कामको बोझ थपिने सम्भावना छ।
कन्या : सुरुमा केही खर्च लागे पनि सोचेको काम बन्नेछ। व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ। सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ । परिवार र आफन्तको सहयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ । व्यापार व्यवसायमा फाइदा हुनेछ ।असन्तुलित खानपानले पेटको समस्या आउने समय छ।
तुला : प्रयत्न गर्दा भाग्यले साथ दिनेछ। परिवारको सहयोगमा महत्त्वपूर्ण काममा सफलता मिल्नेछ। श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ। समाजमा मान सम्मान र प्रतिष्ठा कमाउने बेला छ । सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ ।
वृश्चिक : आफ्नो क्षेत्रमा प्रभुत्व जमाउने समय छ। पैतृक सम्पत्तिको उपयोगबाट थप फाइदा उठाउन सकिनेछ। साथीभाइको सहयोगले महत्त्वपूर्ण कामहरू सफल हुनेछन् । व्यावसायिक काममा खर्च बढ्नेछ । हिम्मतले काम लिन सकिनेछ । प्रतिष्ठित कामको जिम्मेवारी पाइनेछ।
धनु : विगतका कमजोरी सच्याउने मौका मिल्नेछ। विशिष्ट व्यक्तित्वको सहयोग जुट्नाले विशेष अवसर पाइने समय छ। व्यापार व्यवसायबाट लाभ मिल्नेछ। पढाई लेखाइमा प्रगति हुनेछ । आस मारेको कामले उत्साह जगाउनेछ । तत्काल लाभ नभए पनि विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुनेछन् । आध्यात्मिक जीवनको लागि जरुरी भएको तपाईँको मानसिक स्वास्थ्य कायम राख्नुहोस्।
मकर : अध्ययन अध्यापनमा प्रगति हुनेछ। बोलीको प्रभावले धेरैलाई आकर्षित गर्नुका साथै सजिलै काम बनाउन सकिनेछ। रमाइलो यात्राको योग रहेको छ। काममा परिवारको सहयोग प्राप्त हुनेछ । सामाजिक मान सम्मान र प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम लिन सकिने छ । तपाईँले चिनेका कसैले घरमा वित्त सम्बन्धी समस्यामा धेर विवाद ल्याएर घरमा अशान्ति ल्याउने परिस्थिति बनाउन सक्छ।
कुम्भ : रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन । गरेका कामबाट प्रशस्त लाभ हुनेछ । सामान्य कामबाट राम्रो लाभ उठाउन सकिनेछ। लगनशीलताले महत्त्वपूर्ण काम दिलाउन सक्छ। मान सम्मान पनि पाइनेछ। परिवारको चिकित्सा खर्चमा भएको वृद्धि हटाउन सकिँदैन।
मीन : व्यापार व्यवसायमा प्रशस्त फाइदा हुने योग रहेको छ । परिवारको सहयोगबाट विशेष फाइदा उठाउन सकिनेछ । साथीभाइसँग रमाइलोमा समय बित्नेछ । काममा सुधार आउनुका साथै आस मारेको काम बन्नाले उत्साहित भइनेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। समुदायको हितमा गरिएका कामको तारिफ हुनेछ।