Harsamaya
संविधानसभा सदस्य यादवको निधन 
नेपाली कांग्रेसका नेता तथा संविधानसभा सदस्य रामअयोध्या यादव ।

रौतहट - नेपाली कांग्रेसका नेता तथा संविधानसभा सदस्य रामअयोध्या यादवको उपचारका क्रममा निधन भएको छ ।

मधुमेह रोगबाट लामो समयदेखि पीडित यादवको वीरगन्ज हेल्थकेयर हस्पिटलमा उपचारका क्रममा बुधबार बिहान निधन भएको हो ।

स्वास्थमा समस्या आएपछि हस्पिटलमा भर्ना गरिएको र बुधबार बिहान निधन भएको यादवका छोरा डा. जितेन्द्र यादवले बताए । यादवको अन्तिम संस्कार बुधबार दिउँसो १ बजे कबही गाउँमा गरिने उनले जानकारी दिए ।

उनका २ छोरा, २ छोरी र श्रीमती छन् । बाराको सुवर्ण गाउँपालिका–२ कवहीजगात गाउँ घर भएका यादवको ७२ वर्षको उमेरमा निधन भएको नेपाली कांग्रेस बाराले जनाएको छ । 

२०७० सालको दोस्रो संविधानसभाका लागि बारा निर्वाचन क्षेत्र नम्बर १ बाट कांग्रेसबाट निर्वाचित भएका थिए । उनी कांग्रेसका पूर्व जिल्ला सचिव तथा महासमिति सदस्य थिए ।

प्रकाशित मिति: बुधबार, असार १८, २०८२  ०८:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update