Harsamaya
अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा
अबरुद्व कर्णाली राजमार्गको गगन खोलाको  सडक सञ्चालनमा आएको  छ ।

मुगु - अविरल वर्षापछि अबरुद्व कर्णाली राजमार्गको गगन खोलाको  सडक सञ्चालनमा आएको  छ । गए रातिदेखि भएको अविरल वर्षापछि आएको पहिरोले बिहान ६ बजेदेखि अवरुद्ध सडक अहिले १० बजेपछि सञ्चालनमा  आएको सडक डिभिजन कार्यालय जुम्लाले जानकारी दिएको छ ।

कालिकोट स्थित गगन खोलाको पहिरो पन्छाएर सडक सुचारु भए पनि जिते गाडमा पहिरो खसेर पुन अवरुद्ध सडक भएको छ ।राजमार्गको अवरुद्ध सडकहरूमध्ये कालिकोटको गगने खोलामा सडक सुचारु भइसकेको छ ।

कालीकोटको जितेगाडमा ठुलो ढुङ्गा सहितको पहिरो आएर सडक अवरुद्ध भएको सडक डिभिजनका प्रमुख दीपेन्द्र चौधरीले जानकारी दिए ।

प्रकाशित मिति: सोमबार, असार १६, २०८२  १३:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update