मुगुमा गयो लगातार दोस्रो दिन पनि भूकम्प

मुगु - मुगुमा फेरि भूकम्पको धक्का महसुस गरिएको छ । सोमबार बिहान ८ बजेर ३९ मिनेटमा ४.३ म्याग्च्यिुडको भूकम्प गएको हो । भूकम्पको केन्द्रबिन्दु मुगुको कोट डाँडा आसपास रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
यसअघि, आइतबार समेत दिउँसो २ बजेर ३४ मिनेटमा मुगुकै जिमा आसपास केन्द्रबिन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प गएको थियो ।
प्रकाशित मिति: सोमबार, असार १६, २०८२ ११:२३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय